ढिस्कोले पुरिएर मजदुरको ज्यान गयो

  • १८ बैशाख २०७६, बुधबार
  • 3747 पटक पढिएको

म्याग्दी १८ बैशाख । म्याग्दीमा बुधबार माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको ज्यान गएको छ ।बेनी नगरपालिका ६ चुत्रेनीमा ग्यावीयन पर्खाल निर्माणको काममा परिचालन भएका बर्दीया नगरपालिका–४ ठाकुरद्धाराका ३५ वर्षीय कालुराम थारुको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बेनी–दरवाङ सडक स्तरोन्नति आयोजना अन्तरगत ग्यावीयन पर्खाल निर्माणका क्रममा माथिबाट खसेको ढिस्काले पुरिएका थारुको शव एक्साभेटर र प्रहरी परिचालन गरेर निकालीएको प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।

परिक्षणका लागि बेनी अस्पतालमा राखिएको थारुको शव आफन्तको जिम्मा लगाइने उनले जानकारी दिए ।