बेनीमा मजुदर दिवस मनाइयो : मजदुरको अझै भएन सामाजिक सुरक्षाको ग्यारेन्टी

  • १८ बैशाख २०७६, बुधबार
  • 2097 पटक पढिएको

धिरन खत्री ,
म्याग्दी, १८ बैशाख । १३० औँ अन्तराष्ट्रिय श्रमदिवसको अवसरमा बुधबार बेनीमा बाजागाजासहित विभिन्न कार्यक्तम गर्दै मजदुर दिवस मनाईएको छ । नेपाल टे«ड युनियन महासंघ ( जिफन्ट) म्याग्दीको आयोजनामा विभिन्न क्षेत्रमा काम गर्ने मजदुरको उपस्थितमा विश्वभरका मजदुर एक होऔँ भन्ने नारालाई प्रवाह गर्दै मजदुर दिवस बेनीमा मनाईएको थियो ।

मिलन केन्द्रमा भएको कार्यक्रमलाई उद्घाट्न गर्दै गण्डकी प्रदेश सभाका सांसद विनोद केसीले समृद्ध नेपालको जग श्रमिक भएको हुदाँ श्रमिकहरुको पेशामा न्युनतमा ज्यालाको ग्यारेन्टी, सामाजिक सुरक्षा ब्यवस्था, आकस्मिक स्वास्थ्य उपचार ब्यवस्था सरकारले सुनिश्चि गरेर कार्यान्वयन गनुपर्ने बताएका थिए । देश पुर्ण निर्माणको गतिलाई पुर्णता दिन श्रमिकहरुको भूमिका महत्वपुण हुने उनले बताए । देशमा केही पेटी ठेकेदारहरुले श्रमिकहरुको श्रम शोषण गरेको बताउदै पेटी ठेकेदारहरुलाई हटाउन श्रमिकहरु एक हुनुपर्ने बताए ।


त्यस्तै सो कार्यक्रममा नेकपाका नेता एवम म्याग्दीका पुर्व सांसद नवराज सुवेदीले सुखी नेपाली र समृद्ध नेपाल बनाउन श्रमिकहरुको हकहित र सामाजिक सुरक्षा अनुभुतिको नीति नियम बनाउनपुर्नेमा जोड दिएका थिए ।


नेपाली काग्रेस म्याग्दीका सचिव क्याप्टेन मिनबहादुर कार्की, पेशागत महासंघ म्याग्दीका अध्यक्ष भक्त कार्की, जिफ्न्टका पुर्व अध्यक्ष गोविन्द्र रिजाल लगायतल श्रमिक माथि भएको शोषणामा स्थानीय सरकार, प्रदेश र संघले आवश्यक नीति प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताएका थिए ।


जिफन्ट म्यादीका अध्यक्ष बलादेवी राईको अध्यक्षता, उपाध्यक्ष राजकुमार राईको स्वागत मन्तव्य रहेको कार्यक्तमको संचाल सचिव रमेश राईले गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकहरुको उपस्थितमा बाजागाजा, सांसद, मजदुरको उपस्थितमा बेनीबजार परिक्रमा पनि गरिएको थियो ।