कृषक र प्राबिधिकलाई तालिम

  • १८ बैशाख २०७६, बुधबार
  • 2307 पटक पढिएको

बेनी १८ बैशाख । बेनीमा मंगलबार मत्यस्यपालन, जैविक सुरक्षा तथा जुनोटिक रोग सम्बन्धी तालिम सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा कृषकहरुका लागि मत्स्यपालन र पशु स्वास्थ्य प्राबिधिकहरुका लागि जैविक सुरक्षा तथा जुनोटिक रोग सम्बन्धी छुट्टा छुट्टै तीन÷तीन दिनको तालिम सम्पन्न भएको हो ।


मत्स्यपालन तालिममा २३ जना कृषक र जैविक सुरक्षा तथा जुनोटिक रोग सम्बन्धी तालिममा १६ जना एक गाउँ एक पशु सेवा प्राबिधिकहरुको सहभागिता रहेको थियो । दुई वटै तालिमको संयुक्त रुपमा समापन गर्नुहुदै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले व्यवसायिक बनेर आयआर्जन सुधार, आत्मनिर्भर र देशलाई सम्बृद्ध बनाउन आग्रह गर्नुभयो ।


मत्यपालन तालिमको मत्य विकास केन्द्र मिर्मीका प्रमुख अब्दुल मुकीम खाँ र प्राबिधिक गणेश रिजालले सहजिकरण गर्नुभएको थियो । मानिसबाट पशु र पशुबाट मानिसमा सर्ने (जुनोटिक) तथा जैविक सुरक्षा तालिमको केन्द्रका प्रमुख पशु चिकित्सक जिवनप्रसाद आचार्य, बेनी अस्पतालका डाक्टर नवराज बस्ताकोटी, रवीकान्त शाह, भेटिरीनरी अस्पताल बागलुङका प्रमुख नारायण शर्माले सहजिकरण गर्नुभएको थियो ।
पशु सेवा प्राबिधिक सुभाष रेग्मीको सञ्चालन र पशु चिकित्सक जिवन आचार्यको अध्यक्षतामा समापन गरिएको कार्यक्रममा सहभागि असुन रिजाल, सुजन विक र आकाश जिसीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।