मंगलाका महिलालाई क्षमता विकास तालिम

  • १८ बैशाख २०७६, बुधबार
  • 1717 पटक पढिएको

बेनी १८ बेनी । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा महिलाहरुको क्षमता तथा नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । मंगला गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको तालीममा पाँच वटै वडाका ५२ जनाको सहभागिता रहेको थियो । तालिमको प्रमुख प्रशिक्षक म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेश श्रेष्ठले सहजिकरण गर्नुभएको थियो ।

जेष्ठ सहभागी यामकुमारी पुनको अध्यक्षता, सहायक महिला विकास निरिक्षक डमसरा पुनको सञ्चालन र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमको प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम सम्पन्न भएको थियो ।