म्याग्दी समाचार
सडक आयोजनासंग भएको सहमति कार्यान्वयन नहुदाँ सदरमुकाम बेनीमा खानेपानी हाहाकार
- 5 बर्ष, 11 महिना अगाडि
- १३ श्रावण २०७६, सोमबार
म्याग्दी, १३ साउन । सदरमुकाम बेनीमा खानेपानी हाहाकार छ । तिन दिन देखि बेनीबजारबासीलाई खानेपानी समस्या भएको हो । बेनी जोमसोम सडक आयोजना अन्तर्गत गलेश्वरमा पानीको पाईप फुटेपछि एकहजार ५० घरधुरीलाई खानेपानी समस्या भएको हो । घुमाउनेताल, चमेरा र राउमारे अन्तर्गत सडक स्तोरन्नती गर्ने क्रममा ठेकेदारको लापरबाही तथा पहिरोले बेनीमा... पुरा पढ्नुहोस
बास्तविक कृषकलाई खै अुनदान : ब्यावसायीक बाख्रापालनमा हिमलाल कार्की
- 5 बर्ष, 11 महिना अगाडि
- १३ श्रावण २०७६, सोमबार
म्याग्दी, १३ साउन । जिल्लाको रघुगंगा गाउँपालिका– २ राखु पखटोलका हिमालाल कार्की बर्षौदेखि ब्यवसायिक बाख्रापालनमा छन् । परम्परागत रुपमा कृषि तथा बाख्रा पालनलाई निरन्तरता दिदै कार्कीले देनिकी खर्च चलाउदै आएका छन् । उनको गोठमा ४० ओटा बाख्रा छन् । दैनिकी कर्मचारी कार्यालय गएजस्तै दिनहुँ वनतिर बाख्रा चराउन जान्छन् । बेलुका... पुरा पढ्नुहोस
स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख सहित चार जना रंगेहात पक्राउ ( भिडियोसहित)
- 5 बर्ष, 11 महिना अगाडि
- १२ श्रावण २०७६, आईतवार
म्याग्दी १२ साउन । स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख सहित ४ जना कर्मचारी घुस रकम सहित प्रक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराको टोलीले आईतवार दिउँसो कार्यालयकै कर्मचारीबाट लिएको घुस रकम सहित चार जनालाई पक्राउ गरेको हो । घुस सहित पक्राउ पर्नेमा स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भीम प्रसाद... पुरा पढ्नुहोस
धौलागिरी गाउँपालिकामा बालबिवाह न्युनीकरणको पहल
- 5 बर्ष, 11 महिना अगाडि
- १२ श्रावण २०७६, आईतवार
ताकम १२ साउन । बालबिवाह न्यूनीकरणका लागि म्याग्दीको धवलागिरी गाउँपालिका¬ — ७ शिवाङमा आइतबार बालकचहरी सम्पन्न भएको छ । धवलागिरी गाउँपालिका, गुड नेवर्स इन्टरनेशनल, कदम र संगम म्याग्दीको आयोजनामा भएका सो कार्यक्रममा बालबिवाहको अवस्था, कारण र समाजमा देखिएका असर तथा न्युनीकरणका उपायका सम्बन्धमा छलफल भएको थियो । कार्यक्रममा सहभागी... पुरा पढ्नुहोस
म्याग्दीमा चौध करोड राजस्व संकलन
- 5 बर्ष, 11 महिना अगाडि
- १२ श्रावण २०७६, आईतवार
बेनी १२ साउन । म्याग्दीमा गत आर्थिक वर्षमा चौध करोड रुपैयाँ राजस्व संकलन भएको छ । संघीय सरकारका कार्यालयले तेह् करोड ३६ लाख ८० हजार ६६२ र प्रदेशका कार्यालयले ५३ लाख २१ हजार ७३५ रुपैयाँ राजस्व संकलन गरेको कोष तथा लेखा नियन्त्रकको कार्यालय –कोलेनिका)ले जनाएको छ । सबै भन्दा बढी... पुरा पढ्नुहोस
म्याग्दी भ्रमण बर्ष कति सफल ? बढ्न सकेन् म्याग्दी घुम्ने पर्यटकको संख्या !
- 5 बर्ष, 11 महिना अगाडि
- १२ श्रावण २०७६, आईतवार
सन्ताेष गाैतम बेनी ११ साउन : म्याग्दीका पर्यटकीय स्थलहरुको भ्रमण गर्ने विदेशी पर्यटकहरुको संख्या स्थिर देखिएको छ । आर्थिक वर्ष २०७४/७५ को तुलनामा ०७५/०७६ मा साढे चार सय जनाले मात्र पर्यटकको संख्या बढेको छ । नयाँ पर्यटकीय गन्तब्य पहिचान र प्रर्वद्धनको कमी, सडकका कारण पदमार्ग छोटिनु र भएका पर्यटकीय स्थलमा... पुरा पढ्नुहोस
‘युवा खालि हात, ७४ बर्षका बुबालाई भ्याइनभ्याइ’ (भिडियो Story)
- 5 बर्ष, 11 महिना अगाडि
- ११ श्रावण २०७६, शनिबार
असारको दोस्रो साता धवलागिरी गाउँपालिका– २ खोरियामा बृद्ध बुबाले डोकोभरी ढुंगा बोकेर ओहोर दोहोर गरेको दृष्यले भाबुक बनायो । बस्तीलाई नै जोखिम बनाएको खोरिया गाउँको पहिरो नियन्त्रण योजनामा यसरी डोको भरी ढुंगा बोक्ने बृद्ध हुन, ७४ बर्षका मनबहादुर पुर्जा । उमेरले बुढ्यौली लागेपनि पुर्जाको दैनिकी र सक्रियतामा भने कुनै बुढ्यौली... पुरा पढ्नुहोस
लायन्स अफ बेनी पिस सिटिद्धारा रत्नेचौरको लक्ष्मीहरि मन्दिरमा रोपियो बोधिचित्त
- 5 बर्ष, 11 महिना अगाडि
- ११ श्रावण २०७६, शनिबार
म्याग्दी, ११ साउन । लायन्स क्लव अफ बेनी पिस सिटिले रत्नेचौरको लक्ष्मीहरी मन्दिरमा बहुमुल्य बोधिचित्त रोपेको छ। विभिन्न क्षेत्रमा क्रियाशिल सिटिद्धारा बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित लक्ष्मीहरि मन्दिर क्षेत्रमा दोस्रो चरणमा २० वटा विरुवा रोपिएको हो । कार्यक्रममा क्लवका अध्यक्ष नरेश श्रेष्ठ, संस्थापक अध्यक्ष राजेश शाक्य र निर्वतनमान अध्यक्ष लोकेश पुनमगर... पुरा पढ्नुहोस
पर्वत बेनी–मल्लाज पदमार्गमा वृक्षारोपण
- 5 बर्ष, 11 महिना अगाडि
- ११ श्रावण २०७६, शनिबार
म्याग्दी ११ साउन । जलजला गाउँपालिकाको पर्वत बेनीदेखि मल्लाज जाने पदमार्गमा वृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ बेनी मल्लाजको आयोजना र स्थानीय संघ संस्थाहरुको सहभागितामा गरिएको बृक्षारोपण कार्यक्रममा पदमार्गकाे दायाँ र बायाँ विभिन्न विरुवा रोपण गरिएको थियो । पदमार्गको सुरुवात हुने कालिपुलदेखि विश्रामस्थल सम्म सल्लो, सिसौ, रायखन्यु, फुल लगायतको... पुरा पढ्नुहोस
लायन्स क्लवहरुद्धारा १०८ बरपिपल रोपियो
- 5 बर्ष, 11 महिना अगाडि
- ११ श्रावण २०७६, शनिबार
बेनी ११ साउन । बेनी स्थित लायन्स क्लवहरुले संयुक्त रुपमा शनिबार १०८ बरपिपलका बिरुवा रोपेका छन् । बेनी नगरपालिका–६ चुत्रेनीमा १०८ वटा बरपिपलको बिरुवा रोपिएको हो । बेनीमा लायन्स क्लवहरुको सहभागितामा संयुक्त रुपमा बरपिपलका बिरुवा रोपिएको लायन सुबिन श्रेष्ठले जानकारी दिनुभयो । धार्मिक हिसाबले महत्व राख्ने बरपिपलको वातावरणीय फाइन समेत... पुरा पढ्नुहोस