लिटल गार्डेनले विविध कार्यक्रमका साथ मनायो बार्षिक उत्सव तथा अभिभावक दिवस (फोटो फिचर)
- १ पुष २०७६, मंगलवार
- 2841 पटक पढिएको
म्याग्दी १ पुस । म्याग्दी सदरमुकाम बेनीमा रहेको लिटल गार्डेन एकेडेमिले आफ्नो १६ औँ स्थापना दिवस तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ मनाएको छ । त्रिदिवसीय कार्यक्रमका साथ विद्यालयले अभिभावक र विद्यार्थीहरुबिचको प्रतियोगितात्मक कार्यक्रम र साँस्कृतिक कार्यक्रम सहित बार्षिक उत्सव मनाएको हो ।
बार्षिक उत्सव मुल समारोहको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीले स्थापनाको छोटो अबधिमै विद्यालयले गुणस्तरीय नतिजा ल्याउन सक्षम बनेको भन्दै थप गुणस्तरीय शिक्षा प्राप्तीमा जुट्न आग्रह गर्नुभयो । उहाँले विद्यालय, शिक्षक र विद्यार्थीसंगै अभिभावकहरुको समेत रचनात्मक साथ र सहकार्य हुन सकेमा मात्रै विद्यार्थिहरुले व्यवहारिक र गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने भन्दै विद्यार्थीहरुलाई किताबी ज्ञानको साथै व्यवहारिक र शिपमुलक शिक्षामा जोड दिनुपर्ने आबश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदीले शान्त र रमणीय वातावरणमा बालबालिकाहरुलाई अध्ययन गर्ने बातावरण निर्माण गरिएको र सरलीकरण शिक्षण शैलिले शैक्षिक गुणस्तर बृद्धिमा सहयोग पुगेको बताउनुभयो । उहाँले विद्यालयले हरेक बालबालिकाहरुको अबस्था अुनसार सबल र दुर्वल पक्षको पहिचान गरि विद्यार्थीको क्षमता अनुसारको शिक्षण विधिलाई कार्यान्वयनमा ल्याईएको समेत बताउनुभयो ।
कार्यक्रममा स्रोत व्यक्ति मोहन बानियाँ, प्याव्सन म्याग्दीका अध्यक्ष कृष्णप्रसाद सुवेदी र म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टिकाराम सापकोटाले विद्यार्थीलाई सिर्जनशिल तरिकाले पठनपाठन गराउन आबश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा विद्यालयका प्राज्ञिक सल्लाहकार प्रेम जिसी, म्याग्दी उद्योग बाणिज्य संघका महासचिब लिलाराम गौतम, अभिभावक त्रिविक्रम सुवेदी, विद्यार्थी विवश शाही लगायतले मन्तव्य राख्नुभएको थियो ।
- विद्यालयका प्रिन्सिपल दिपक सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले विविध साँस्कृतिक प्रस्तुती राखेका थिए भने दिवसको अवसरमा आयोजित विभिन्न प्रतियोगितामा बिजेतालाई पुरस्कार वितरण समेत गरिएको कार्यक्रममा शिक्षक सिता सुनारले स्वागत र अन्जना कटुवालले सञ्चालन गर्नुभएको थियो ।