म्याग्देली गायक गगनको पहिलो पञ्चेबाजा ‘बेनी बजार’ ले चर्चा बटुल्दै (भिडियो सहित)

  • २ पुष २०७६, बुधबार
  • 3835 पटक पढिएको

म्याग्दी १ पुस । म्याग्देली चर्चित गायक गगन पुनको पहिलो पञ्चेबाजा ‘बेनी बजार’बोलको गीतले चर्चा बटुल्न थालेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम घर भएका युवा गायक पुन र चर्चित गायिका मेलिना राईको स्वर रहेको गीतलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको छ । मङ्सिर अन्तिम साता युटुब मार्फत सार्वजनिक गरिएको सो म्युजिक भिडियोले छाेटो समयमै दर्शकको मन तानेको छ ।

लोकपप, सालैजो, सोरठी लगायतका दर्जनौँ एल्बमहरुमा स्वर भरिसकेका गायक पुनले आफुले स्वर दिएको पहिलो पञ्चेबाजा गीतले चर्चा पाउँन थालेसंगै साँगेतिक क्षेत्रमा आफुलाई थप उत्साहित बनाएको बताए । मगर समुदायको बाहुल्यता रहेको दग्नाम गाउँमै छायाँकन गरिएको सो म्युजिक भिडियोमा स्थानीय कला,संस्कृति र परम्परालाई समेत झल्काउने प्रयास गरिएको छ । म्युजिक भिडियोमा गायक पुन, मोडल आरुषी मगर सहित स्थानीय कलाकारहरुको अभिनय रहेको छ ।

भिडियाे हेरन तलकाे लिंकमा क्लिक गर्नुहाेला । 

 

 

https://www.youtube.com/watch?v=ovymMG_UGKA

दग्नाम नौमती बाजा समुहको प्रस्तुतीमा तयार गरिएको म्युजिक भिडियोमा बेहुला बेहुलीको भुमिकामा स्थानीय युवा गुन पुन ‘गुञ्जन’ र संगीता पुनको दम्पतीको अभिनय रहेको छ । देव पुनको लय, गायक पुनकै संगीत र कुमार थापाको एरेञ्ज रहेको पञ्चेबाजा गीतको म्युजिक भिडियोमा देव पुनको निर्देशन र छवि राना मगरको सम्पादन रहेको छ ।

स्वदेश तथा विदेशमा रहेका दग्नामबासीहरुको सहयोगमा भिडियो निर्माण गरिएको थियो । गित संगीतको माध्ययम मार्फत गाउँ र जिल्लालाई चिनाउनको लागि समेत सहयोग पुग्ने अपेक्षा गायक पुनको रहेको छ । दग्नाम–दर्मिजा समाज पोखराको प्रस्तुतीमा गायक पुनकै स्वरमा रहेको सालैजो गीत समेत छिट्टै म्युजिक भिडियो सहित बजारमा ल्याउने तयारी गरिएको छ ।