मंगला युवा क्लबद्धारा बालबालिकालाई पोशाक वितरण (तस्बिर सहित)

  • ५ पुष २०७६, शनिबार
  • 2325 पटक पढिएको

म्याग्दी ५ पुस । म्याग्दीको मंगला गाउँपालिका–२ तल्लो डडुवामा रहेको मंगला युवा क्लबले जानकी आधारभुत विद्यालयका बालबालिकाहरुलाई पोशाक वितरण गरेको छ । क्लबको ‘मंगला शिक्षा अभियान’ अन्र्तगत विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका २८ जना बालबालिकाहरुलाई रु १ लाख २० हजार बराबरको लत्ताकपडा वितरण गरिएको हो ।


विद्यालयमा आयोजित एक कार्यक्रमका विच विद्यार्थीहरुलाई विद्यालय पोशाक, स्विटर झोला लगायतका सामाग्री वितरण गरिएको थियो । कार्यक्रममा क्लबा अध्यक्ष शेरबहादुर पुन, समाजसेवी श्रीकला अर्मजा, सचिब नेत्रराज सुवेदी, सदस्य भोजबहादुर शाही,  क्लबका सल्लाहकार तथा विद्यालयका प्रअ दिलबहादुर कार्की लगायतले विद्यार्थीहरुलाई सामाग्री वितरण गर्नुभएको थियो ।


क्लबले सदस्यहरुको सदस्यता शुल्क, स्वदेश तथा विदेशमा रहेका सहयोगदाताहरु मार्फत प्राप्त सहयोग रकम, विद्यालय, वर्तबन्ध, जन्मदिन लगायतमा हुने फजुल खर्च कटाएर क्लबको अभियानमा जुटेको सहयोगबाट आर्थिक संकलन गरेको क्लबका सचिब तथा अभियान संयोजक नेत्रराज सुवेदीले बताए । उनका अनुसार विद्यार्थिहरुलाई प्रदान गरिएको पोशाकमा कुशल पौडेलले सर्ट र दिपक पौडेलले स्विटर सहयोग गर्नुभएको थियो ।


क्लबले यस विद्य ालयमा यस अघि कम्युटर पिन्टर र खानेपानीको सामाग्री सहयोग गरिसकेको छ । त्यसैगरि धौलागिरी माविमा रहेको बहिरा स्रोत केन्द्रका विद्यार्थीहरुलाई सदन पोशाक समेत वितरण गरिसकेको क्लबले जनाएको छ ।