पहिरोमा घाईते गर्भवतिको उपचारका लागि हेलिकप्टरमार्फत पोखरा मणिपाल अस्पताल

  • २७ असार २०७७, शनिबार
  • 1890 पटक पढिएको

म्याग्दी, २७ असार । अविरल बर्षासंगै आएको पहिरोमा परेर घाईते भएका तिनजनालाई उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरी बेनी अस्पताल ल्याइएको छ । बेनीमा सामान्य उपचारपछि जिल्लाको धौलागिरि गाउँपालिका–६ मराङकी घाईते गर्भवति महिलालाई थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा मणिपाल अस्पतालमा लगिएको छ ।


पहिरोमा घाईते मराङकी २२बर्षिय गर्भवति महिला मञ्जीला श्रीपाली र मराङका ७ बर्षिय सफल श्रीपालीलाई बेनी अस्पतालबाट रिफर गरी थप उपचारका लागि प्रभु एयर हेलिकप्टरमार्फत पोखरा मणिपाल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।


हेलिकप्टरमार्फत त्यस्तै मालिका गाउँपालिका ६ विमका पुर्णबहादुर परियारलाई उद्धार गरी बेनी अस्पताल लिएर उपचार भइरहेको छ । सडक पहिरोल अवरुद्ध, खराव मौसमका कारण घाईतेको शुक्रबार उद्धार हुन सकेको थिएन् ।
घाईतेका उद्धारका लागि ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्य र जिसि क्रसरका संचालक नाराण जीसीले  आर्थिक सहयोग गरेका थिए ।