पहिरो पिडितका लागि अनेरास्ववीयू र राष्ट्रिय युवा संघद्धारा सहयोग संकलन
- ३० असार २०७७, मंगलवार
- 1251 पटक पढिएको
म्याग्दी ३० असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ र अनेरास्ववीयू म्याग्दीले धवलागिरी र मालिका गाउपालिकाका पहिरो पिडितको लागि सोमबार बेनीमा आर्थिक सहयोग संकलन गरेका छन् । राष्ट्रिय युवा संगठनका जिल्ला संयोजक प्रविण शाही, सहसंयोजक सन्दिप खत्री र अनेरास्ववीयूका संयोजक सुवास विश्वकर्माको अगुवाइमा बेनी बजारमा घरदैलो गरेर सहयोग संकलन गरिएको हो ।
अभियानका क्रममा एक लाख चार हजार ३९५ रुपैयाँ संकलन भएको संगठनका नेता शिशिर शाहीले जानकारी दिएका छन् । संकलित रकम सम्बन्धित पालिका र प्रशासनसँग समन्वय गरेर पिडित समक्ष पुराउने जनाइएको छ ।
कोरोनाको कहरका बीच जिल्लाबासीलाई पहिरोले थपेको पिडामा मल्हम लगाउन राहत संकलन गरेको संगठनले जानकारी दिए । गत शुक्रबार बिहान गएको पहिरोमा परि मराङ, बिम र ठाडाखानीमा २८ जनाको मृृत्यु भएको छ । तीन जना वेपत्ता भएका छन् । सँयौ घर पहिरोको जोखिमबाट विस्थापित भएका छन् ।