बेपत्ता १९ जनाको शव भेटियो, १४ जना अझै बेपत्ताको खोजी कार्य निरन्तर

  • २७ असार २०७७, शनिबार
  • धिरन खत्री
  • 2086 पटक पढिएको

म्याग्दी, २७ असार । जिल्लाको विभिन्न ठाउँमा बाढी पहिरोमा परेर ३३ जना बेपत्तामध्ये १९ जनाको शब भेटिएको छ, १४ जना अझै बेपत्ता रहेका छन् । धौलागिरि गाउँपालिका– ६ मराङमा २१ जना बेपत्तामध्ये ११ जनाको शव भेटिएको छ भने १० जनाको शव अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले बतााएको छ।


त्यस्तै मालिका गाउँपालिका विममा बेपत्ता ९ जनामध्ये ७ जनाको शव भेटिएको प्रहरी नायव उपरिक्षक किरणजंग कुवरले जानकारी दिएका छन् । धौलागिरी र मालिका गाउँपालिकामा १४ जना बेपत्ता छन, उनीहरुको खोजीकार्य भइरहेको प्रहरी नायव उपरिक्षक कुवरले जानकारी दिएका छन् ।


त्यस्तै मालिका गाउपालिका ६ दुखु खोलामा बाढीले बगाएर एक महिला बेपत्ता भएकी छन् । बाढीले बगाएर बेपत्ता रघुगंगा गापा–६ ठाडाखानीका ललिमान छन्त्यालको शव शुक्रबार नै फेला परेको थियो ।

बेपत्ताको खोजी कार्यको लागि जनप्रतिनिधि, छिमेकी गाउँका युवाहरु, उद्धार टोली घटनास्थलमा खटिएका छन् । बाढी र पहिरोमा परि विस्थापित भएका र पीडित परिवारको जिल्लामा रहेका राजनीतिक दल, स्थानीय तह, संघसस्था लगायतले राहत संकलन तथा पु¥याउने तयारी गरिहेका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l