मल्कवाङका युवाहरु मिलेर उद्धारका लागि मराङमा पुगे

  • २७ असार २०७७, शनिबार
  • 2485 पटक पढिएको

म्याग्दी, २७ असार । धौलागिरी गाउँपालिका– ५ मल्कवाङका युवाहरु मिलेर क्षतिग्रस्त क्षेत्र मराङमा उद्धारका लागि पुगेका छन् । अविरल बर्षासंगै शुक्रबार आएको बाढी र पहिरोले धौलागिरि गाउँपालिका– ६ मराङमा ठुलो क्षति पु¥याएपछि बेपत्ताको खोजी र उद्धारका लागि छिमेकी वडा ५ स्थित मल्कवाङका वडाअध्यक्षसहित युवाहरु र आमासमुह मिलेर मराङ पुगेका हुन् ।


वडाअध्यक्ष खर्ककुमारी छन्त्यालको नेतृत्वमा सनलाईट युवा क्लवका युवाहरु र जनचेतना आमासमुहका सदस्यहरु मिलेर राहतसहित शनिबार विहान पुगेको स्थानीय युवा अमर छन्त्यालले जानकारी दिएका छन् । राहतसहित उद्धार टोली मराङको क्षतिग्रस्त रिख र कुम्री दमका राम्चेमा पुगेका छन् । उनीहरुले रिखमा ७ जना बेपत्तामध्य एकजना महिलाको शव भेटाएका छन्, भने बेपत्ता ६ जनाको खोजी कार्य गरिरहेका छन् ।


मराङ नजिकै रहेको मल्कवाङका वडा अध्यक्षको नेतृत्वमा ४० जना युवाहरु मिलेर बेपत्ताको खोजी कार्यका लागि सो स्थान पुगेका थिए । शुक्रबार अविरल बर्षा र बाटो अवरोधका कारण मराङमा उद्धारका लागि पुग्न सकेका थिएन् । खराव मौसम र सडक सुविधा अवरोध हुदाँ जिल्लाबाट सुरक्षाकर्मीसहितको उद्धार टोली समयमै घटनास्थल पुग्न सकेको थिएन् ।


मराङस्थित पहिरो र बाढीमा परेर २१ जना बेपत्ता भएका छन्। स्थानीयको सक्रियतामा शनिबार विहानसम्म १० जनाको शव फेला पारको वडाअध्यक्ष राजााराम सुवेदीले जानकारी दिए । प्रभु एयरको हेलिकप्टरमार्फत गर्भवतिसहित ७ बर्षिय बालकको उद्धार गरि उपचारका लािगा पोखरा पु¥याएको छ। पहिरोमा परेर ११ जना अझै बेपत्ता रहेका छन् ।
क्षतिग्रस्त क्षेत्रका पीडित परिवारलाई ताकम, राम्चेस्थित दलित सामुदायिक भवन र जनविकास आधारभूत विद्यालयमा राखिएको वडा अध्यक्षले जानकारी दिएका छन् ।