म्याग्दी समाचार

सुमन स्मारीका गुञ्जिएपछि बेनी गजलमय

म्याग्दी, २९ भदौँ । कालीगण्डकी नदीले संगित दिदै बगिरहेको थियो । आकाशमा हल्का बादलसहित शितल मौसममा बेनीमा सिमसिम पानी परिरहेको थियो । सिमसिम पानीसंगै साहित्यिक कार्यक्तममा सुमन स्मारीका गुञ्जिएपछि बेनी गजलमय भएको हो । चन्द्रसुय साहित्य संचार बेनी म्याग्दीको आयोजनामा साहित्यप्रेमीको उपस्थितमा भएको कार्यक्रममा स्मारिका गुञ्जिएपछि शिखर होटलमा भरिभराउ साहित्यप्रेमीहरु... पुरा पढ्नुहोस

राहुघाट जलविधुत आयोजनाको ढिलासुस्ती : २० महिनामा पन्ध्र प्रतिशत प्रगति

  म्याग्दी, २९ भदौँ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा नेपाल विद्यूत प्राधिकरणले निर्माण गर्न लागेको राहुघाट जलविद्युत आयोजनाको काममा दिलासुस्ती भएको छ । ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणले २०६६ सालमा सुरु गरेको थियो । सन २०२३ जनवरीमा सिध्याउने लक्षसहित काम गरेको आयोजनाले २० महिनाको भौतिक प्रगति... पुरा पढ्नुहोस

हिदीमा खानेपानी समस्या

म्याग्दी, २९ भदौँ । म्याग्दीको मंगला गाउँपालिका–२ हिदीमा खानेपानीको समस्या रहेको छ । बर्खायामको समयमा पनि हिदीमा अवस्थित ३० घरलाई खानेपानी समस्या भएको हो । २०२२ सालमा निर्माण गरिएको खानेपानी योजनामा २०४९ सालमा पञ्चबर्षिय योजनासहित धारा निर्माण गरिएको थियो । सो धारामा अहिले पानी आउन छाडेपनि स्थानीयलाई खानेपानीको जोहो गर्न... पुरा पढ्नुहोस

म्याग्दी जेसिजको भेटघाट

बेनी, २८ भदौँ । म्याग्दी जेसिजले शनिबार जेसीजका पदाधिकारीसंग भेटघाट कार्यक्तम सम्पन्न गरेको छ । नेपाल जेसिज निरुपित राष्ट्रिय कार्यकारी उपाध्यक्ष रमेशचन्द्र भुसाल र निरुपित राष्ट्रिय कार्यकारी उपाध्यक्ष गोकुल सापकोटाको उपस्थितमा भेटघाट भएको थियो । म्याग्दी जेसिजका अध्यक्ष खमबहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्तममा जिल्लामा शाखाले गरेको गतिविधि जानकारी गराएका थिए... पुरा पढ्नुहोस

डेंगुको संक्रमण : ‘सजक र सतर्कता अपनाउँ’

म्याग्दी, २८ भदौँ । ५६ जिल्लामा फैलिएको डेंगु रोगबाट म्याग्दीपनि जोखिममा परेको छ । विभिन्न ठाउँमा महामारीको रुपमा फैलिएको डेंगुको संक्रमण लामखुट्टेका टोकाइबाट सर्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।म्याग्दीमा पनि अहिलेसम्म ३ जनामा डेंगुको संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये २ जनाको बेनी अस्पतालमा र १ जनालाई... पुरा पढ्नुहोस

म्याग्दी क्याम्पसमा अन्तराष्ट्रिय स्तरको गुणस्तर मान्यता प्राप्तीको तयारी

म्याग्दी, २८ भदौ । सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसले अन्तराष्ट्रिय स्तरको गुणस्तर सुनिश्चितताको मान्यता प्राप्तीको तयारीलाई अन्तिम चरणमा पु¥याएको छ । विश्वविद्यालय अनुदान आयोगले निर्धारण गरेको १२० वटा सुचकहरु अधिकाँश पुरा गरेको क्याम्पसमा गुणस्तर परिक्षणको लागि अन्तीम स्थलगत अनुगमनको लागि समकक्षी भ्रमण हुने भएको छ । प्राध्यापक डाक्टर वासुदेव... पुरा पढ्नुहोस

भ्रष्टाचार रोक्न ‘मुहानदेखि नै सफाइ’ गरौँ :  सरोकारवाला

म्याग्दी, २८ भदौँ । म्याग्दीका सरोकारवालाहरुले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नको लागि मुहानदेखि नै सफाई गर्नुपर्नेमा जोड दिएका छन् । गण्डकी प्रदेश सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले बेनीमा आयोजना गरेको सुशासन र भ्रष्टाचार नियन्त्रण गर्न सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा सहभागिले भ्रष्टाचारका स्वरुप नयाँ रुपमा बढेको प्रति चिन्ता व्यक्त गरेका हुन् ।... पुरा पढ्नुहोस

रत्नेचौरमा पितृ महोत्सव

म्याग्दी, २७ भदौ । बेनी नगरपालिका १ रत्नेचौरमा परम वैदिक सनातन धार्मिक आश्रमको आयोजनामा शुक्रबारदेखि विश्वशान्ति पितृमुक्ति षोडश श्राद्धात्मक श्रीमदभागवत महापुराण ज्ञान महायज्ञ तथा पितृ महोत्सव सुरु भएको छ ।श्रीलक्ष्मीहरि मन्दिरको धार्मिक पर्यटन विकासका साथै पितृ उद्धारका लागि भक्तजनहरुको सुबिधाका लागि आयोजित महोत्सव सोह् श्राद्ध तिथी अवधिभर चल्नेछ । महोत्सवको... पुरा पढ्नुहोस

झिँ सामुदायिक होमस्टे

  म्याग्दी, २८ भदौ । जिल्लाको रघुगंगा गाउँपालिका–५ मा शुक्रबार झिँ सामुदायिक होमस्टे (घरबास)को उद्घाटन गरिएको छ । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले होमस्टेको उद्घाटन गर्नुभएको हो । अध्यक्ष भण्डारीले पर्यटनको माध्यमबाट ग्रामिण अर्थतन्त्रको विकास र जिविकोपार्जन सुधारमा जोड दिएको बताउनुभयो । टोड्के, रुइसे, भेडिओडार, रिखार, मालिका, बेगको लामो पुल... पुरा पढ्नुहोस

नागी, लोप्रे र कुवापानीमा शृङखलावद्ध चोरी

  म्याग्दी, २८ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागी, पर्वतको जलजला गाउँपालिका–५ लोप्रे र कुवापानी गाउँमा पछिल्ला दुई रातमा शृङखलावद्ध चोरी भएको छ । बीस वटा बढी घरमा तोडफोड गरेर बाह् लाख रुपैयाँ भन्दा बढीको नगद र गरगहना चोरी भएको हो । अन्नपूर्ण गाउँपालिका–८ की वडा सदस्य गेममाया पुनले दिएको... पुरा पढ्नुहोस