म्याग्दी समाचार

आम हडतालको पुर्वसन्ध्यामा बेनीमा मशाल जुलुस पदर्शन (भिडियाे सहित)

म्याग्दी २१ माघ । संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–माधव समूहले बिहीबार आह्वान गरेको आम हड्तालको पूर्व सन्ध्यामा बेनीमा मशाल जुलुस पदर्शन भएको छ । नेकपाका युवा विद्यार्थीहरुको नेतृत्वमा बेनीमा बन्दको आह्वान सहित मसाल जुलुस पदर्शन गरेका हुन् । बेनीको क्याम्पसचोकबाट निकालेको मसाल जुलुसले हुलाकचोकमा पुगेर कोणसभामा... पुरा पढ्नुहोस

बेनीको नमस्ते र बागलुङको सिवाईसी सहकारीबिच एकिकरण

म्याग्दी २० माघ । म्याग्दी सदरमुकाम बेनी स्थित क्याम्पसचोकमा रहेको नमस्ते बहुउदेश्यीय सहकारी र बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाबिच एकिकरण भएको छ । दुई सहकारीबिचको एकताको सम्पूर्ण प्रकृया पुरा भएको छ । सिवाईसीसंग एकिकरण भएपछि बेनीमा रहेको नमस्ते सहकारीको कार्यालयबाट एकिकृत भएको सिवाईसीको सदस्य सेवा केन्द्र सञ्चालनमा आउने... पुरा पढ्नुहोस

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रद्धारा एक करोड ४२ लाख अनुदानका लागि ५९ फार्म छनौट

कमल खत्री म्याग्दी, १९ माघ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले अनुदानका लागि म्याग्दी र मुस्ताङका विभिन्न ५९ वटा फार्म छनौट गरेको छ । गण्डकी प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगत रहेको यस कार्यालयले रु १ करोड ४२ लाख अनुदानको बजेटलाई कार्यान्वयन गर्न प्रस्ताब... पुरा पढ्नुहोस

निलगिरीको प्रशारण लाइन निर्माणको तयारी

म्याग्दी, १९ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधिन १०९ मेगावाट क्षमताको निलगिरी १ र २ जलबिद्युत आयोजनाबाट उत्पादीत बिद्युत केन्द्रिय प्रशारण लाइनमा जोड्न प्रशारण लाइन निर्माणको तयारी भएको छ । निलगिरीखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेका ३८ मेगावाटको निलगिरीखोला–१ र ७१ मेगावाट क्षमताको निलगिरीखोला–२ जलबिद्युत आयोजनाको बिद्युतगृहदेखि अन्नपूर्ण गाउँपालिका–३ दानामा... पुरा पढ्नुहोस

झोलुङ्गे पुल निर्माण भएपछि जोखिम मिलेर खोला तर्नु पर्ने बाध्यता हट्यो

थम्मन थापा बागलुङ १८ माघ । गलकोट नगरपालिका ७ मल्म स्थित बामीया आँगाखेत जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । पुल निर्माण भए सँगै स्थानीयलाई आवत जावत गर्न सहजता भएको छ । हुलुवा खोलामा ६९ मीटर लामो पुल बनेपछि दीपज्योति आधारभूत विद्यालय, गलकोट इंग्लिश सेकेण्डरी स्कुल जाने विद्यार्थी सहित बामिया... पुरा पढ्नुहोस

महिला उद्यम विकास समितिको अध्यक्षमा लक्ष्मी भण्डारी चयन

म्याग्दी १७ मााघ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गत रहेेेेकाेे महिला उद्यमी विकास समितिको ८ औँ साधारण सभा तथा ६ औँ अधिवेशन सम्पन्न भएको छ । उद्योग वाणिज्य संघको सभाहलमा भएको अधिवेशनबाट सर्वसम्मत रुपमा पदाधिकारी चयन गरिएको छ ।     महिला उद्यम विकास समितिको अध्यक्ष लक्ष्मी कुुमारी भण्डारी कार्की, बरिष्ठ... पुरा पढ्नुहोस

बेनी बजार संरक्षणको काम तत्काल सुरु गर्ने माग

म्याग्दी, १८ माघ । कालीगण्डकी र म्याग्दी नदीको कटानबाट जोखिमको चपेटामा परेको म्याग्दी सदरमुकाम बेनी बजार संरक्षणको काम सुरु हुन ढिलाई भएको छ । कालीगण्डकीमा आएको बाढीको कारण बेनी बजार स्थित कालिगण्डकी नदीले बेनी बजार र पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनीतर्फ कटान गरि बजारलाई उच्च जोखिममा पारेको थियो । बेनी... पुरा पढ्नुहोस

म्याग्दी जेसीजको २२ औँ पदस्थापना, नवनिर्वाचित अध्यक्ष श्रेष्ठ सहितको टिमले ग¥र्यो पदभार ग्रहण (तस्विर/भिडियाे)

म्याग्दी, १७ माघ । म्याग्दी जेसीजको वर्ष सन २०२१ को लागि निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । २१ औं अधिबेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित विरेन्द्र श्रेष्ठ सहितको पदाधिकारीहरुले शनिवार बेनीमा २२ औँ पदस्थापना कार्यक्रम मार्फत पदभार ग्रहण गरेका हुन् । कार्यसमितिको वरिष्ठ कार्यकारीणी उपाध्यक्षमा सन्दिप खत्री, कार्यकारी उपाध्यक्षमा सुमन... पुरा पढ्नुहोस

भकिम्लीमा काँग्रेसको शक्तिः ‘तरुण दल गठनमा हेलिकप्टरबाट उतारियो केन्द्रिय नेता

म्याग्दी १७ माघ । नेपाली काँग्रेस म्याग्दीले आफ्नो शक्ति संचयमा जोड दिएको छ । ग्रामिण भेगमा समेत जिल्ला र केन्द्रिय स्तरका नेताहरुलाई उतारेर काँग्रेस म्याग्दीले आफ्नो उपस्थितिलाई बलियो बनाउन थालेको हो । शनिवार बेनी नगरपालिका–३ भकिम्लीमा भातृय संगठनको गठनका लागि समेत नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँड, तरुण दलका अध्यक्ष... पुरा पढ्नुहोस

शालीग्राम लघुवित्तको प्रथम साधारण सभा सम्पन्न

म्याग्दी १७ माघ । म्याग्दी सदरमुकाम बेनी स्थित मंगलाघाटमा केन्द्रिय कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तीय संस्थाको प्रथम बार्षिक साधारण सभा शनिवार बेनीमा सम्पन्न भएको छ । विभिन्न ५ स्थानमा आफ्नो सेवा विस्तार गरिसकेको यस लघुवित्तले रु ६ करोड बढी लगानी गरेको जनाएको छ । साधारण सभामा संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले... पुरा पढ्नुहोस