नेकपा नेतृ झाँक्री र नेता पौडेल बेनीमा आउँदै

  • २४ माघ २०७७, शनिबार
  • 1709 पटक पढिएको

म्याग्दी २४ माघ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) को प्रचण्ड–नेपाल पक्षले बेनीमा मोर्चा संगठनहरुको संयुक्त भेला तथा प्रशिक्षण गर्ने भएको छ । माघ २५ गते आयोजित उक्त कार्यक्रममा नेकपाका गण्डकी प्रदेश ईन्चार्ज देवेन्द्र पौडेल र अनेरास्ववियूकी पूर्व अध्यक्ष एवम् युवा नेतृ रामकुमारी झाँक्रीले सम्बोधन गर्ने जनाईएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरे पश्चात ओलीको कदमलाई प्रतिगमन भन्दै आन्दोलनमा उत्रिएको नेकपाको प्रचण्ड नेपाल पक्षले भेलामा जिल्लाका सबै स्थानीय तहबाट पार्टीका भातृय संगठनका प्रमुख तथा प्रतिनिधिहरुलाई सहभागी गराउनेछ ।

भेलामा ओलीको असंवैधानिक कदम का बारेमा कार्यकर्ताहरुलाई प्रशिक्षण समेत गरिनेछ । मौसमको प्रतिकुलताको बाबजुत पनि कार्यक्रमलाई सफल बनाउन तयारीलाई तिब्रता दिईएको नेकपा म्याग्दीका जिल्ला सदस्य कृष्णकुमार विश्वकर्माले जानकारी दिनुभयो ।