जनमतको सदुपयोग गर्न असक्षम भएर ओलीले प्रतिनिधिसभा बिघटन गरे : नेता पौडेल

ओलीले संबैधानिक निकायलाई गुटको भर्ति केन्द्र बनाए : नेतृ झाँक्री

  • २५ माघ २०७७, आईतवार
  • 1024 पटक पढिएको

बेनी, २५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज देबेन्द्र पौडेलले प्रधानमन्त्रीले जनमतको सदुपयोग र पार्टीको बिवाद ब्यवस्थापन गर्न नसकेर प्रतिनिधिसभा बिघटन गरेको आरोप लगाउनुभएको छ । नेकपाको प्रचण्ड–नेपाल निकट जनवर्गीय संगठनहरुले आइतबार म्याग्दीको बेनीमा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै पौडेलले प्रधानमन्त्रीमा पलाएको महत्वाकांक्षा, स्वच्छाकारीता र व्यक्तिबादी कार्यशैलीका कारण देशमा संकट निम्तिएको टिप्पणी गर्नुभयो ।

“तीन पटक बजेट ल्याउदाँ होस या ओम्नी, यति, वाइडबडी जहाज खरिदको बिवादित बिषयमा प्रतिपक्षको दवावका बीच हामीले प्रधानमन्त्रीलाई अप्ठ्यारो अवस्थामा साथ दिएकौ थियौ,” पौडेलले भन्नुभयो “पार्टी र सरकार सञ्चालनका क्रममा देखिएका समस्याका बिषयमा छलफल र बहसबाट डराउनुभएका प्रधानमन्त्रीले सनकको भरमा संबिधानसभा बिघटन गरेर निर्वाचनको नाटक गर्नु असंबैधानिक र जनमतको अपमान हो ।” आफैनै दलको बहुमत भएको संसद बिघटन संबिधानले परिकल्पनानै नगरेकाले अदालतले पुनस्थापना गर्ने र कानुन अनुसार निर्वाचन आयोगले पनि बहुमत केन्द्रिय सदस्य भएका कारण आफ्नै समूहलाई आधिकारिकताको मान्यता दिने पौडेलले दावी गर्नुभयो । उहाँले संसद बिघटनको बिरोधमा रहेका नेपाली काँग्रेस, जनता समाजवादी पार्टी लगायतका दल र नागरिक समाजसँग संयुक्त आन्दोलनको तयारी भएको बताउनुभयो ।

“गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी लगायतका मन्त्रिलाई प्रधानमन्त्रीले पसलमा देखाउने खेलौना जस्तै गरेर जनतालाई भ्रममा पार्नुभएको छ,” पौडेलले भन्नुभयो “आफै पार्टीको एक नम्बर अध्यक्ष घोषणा गर्दै हिड्नेले पार्टीको बिवाद समाधान गर्न नसकेर प्रतिनिधिसभा बिघटन गर्नु भनेको घरमा आगो लगाएर खरानी खोज्दै हिडे जस्तो हो ।”नेकपाकी अर्की केन्द्रिय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्रीले शक्ति पृथकीकरणको सिद्धान्त विपरित राज्यका सबै संबैधानिक अंगहरुलाई आफ्ना गुटका कार्यकर्ता भर्ति केन्द्र बनाएर गरेको “सेटिङ” भत्किन थालेको बताउनुभयो । “निरंकुश तबरले असबैधानिक रुपमा संबैधानिक निकाय र आयोगलाई गुटका कार्यकर्ता भर्ति गरेका ओलीको शक्ति अस्ति २३ गते हामीले देखिसक्यौ,” उहाँले भन्नुभयो “अदालत सनक, आवेक र उक्साहटको साक्ष हुन सक्दैन भन्ने हामीले बिश्वास गरेका छौ ।”

सैद्धान्तिक, राजनीतिक र संगठनिक आधार तय नगरि गरिएको पार्टी एकताले समस्या सिर्जना गरेको बताउदै झाक्रीले प्रचण्ड र नेपालले चुप बसेर साढे दुई वर्षसम्म प्रधानमन्त्रीको गलत क्रियाकलापको बिरोध गर्न नसक्नु कमजोरी भएको टिप्पणी गर्नुभयो । सर्वोच्च अदालतमा सरकारी वकिलहरुको निरिह बहसले ओलीको शक्ति ओरालो लागेको र निर्वाचन आयोगले ओलीले बनाएको केन्द्रिय समितिलाई मान्यता नदिनुलाई आफ्नै समुहले पार्टिको आधिकारिकता पाउने बताउनुभयो ।भेलालाई नेकपाका जिल्ला अध्यक्ष गोबिन्द पौडेलले पुर्ब एमाले र माओवादी भन्ने पार्टीनै नभएको बताउदै संबिधानको रक्षा गर्ने की प्रतिगमनलाई साथ दिने भन्ने बिषय महत्वपूर्ण भएको बताउनुभयो । म्याग्दीका जनताले प्रतिगमनका बिरुद्ध दिएको साथबाट उत्साहित भएको बताउँदै मुल पार्टी आफ्नो समूह भएको दावी गर्नुभयो ।

कार्यालय सदस्य बालकृष्ण सुबेदी र प्रदेश कमिटि सदस्य तथा सांसद बिनोद केसीले ओलीको प्रतिगमनको सति नजान जिल्लाका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । प्रतिनिधिसभा बिघटनको बिरोध, संसद पुनस्थापनाको माग र असंबैधानिक तबरले गरिएको संबैधानिक निकायको पदाधीकारी नियुक्ति खारेजको माग गर्दै बेनीमा बिरोध प्रर्दशन गरेका हुन् । यसलाई म्याग्दीका प्रचण्ड–नेपाल समूहका नेताहरुले आफ्नो शक्ति प्रर्दशन भएको बताएका छन् । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरु भएको बिरोध ¥याली जिल्ला समन्वय समितिको सभाहलमा पुगेर सभामा परिणत भएको थियो ।

सात सय जना क्षमताको जिसस सभाहलमा राखिएका कुर्चिमा नअटाएर सहभागिहरु भुईमा म्याट्ेस ओछ्याएर र उभिएर भाषण सुनेका थिए । केही सहभागीहरु जिसस सभाहल बाहिर बसेर भाषण सुनिरहेका थिए । बिरोध सभामा सहभागि हुन सदरमुकाम आसपासका साथै ग्रामिण क्षेत्रबाट पनि नेता कार्यकर्ता बेनी आएका थिए । उनिहरुले प्रतिनिधिसभा पुनस्थापना गर्न र संबैधानिक निकायमा गरिएको नियुक्ति खारेज गर्नुपर्ने लगायतका नारा लगाएका छन् । भ्रष्ट्राचारीलाई कारबाही, सबै नागरिकलाई कोरोनाको निशूल्क खोप लगाउन, बिकास निर्माणमा भएको ढिलासुस्ति हटाउन, भ्रष्ट्राचार, महँगी नियन्त्रण र शुसासन कायम गर्न नारा लगाएका छन् ।

कार्यक्रमको अध्यक्षता गरेका राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य कृष्णकुमार बिश्वकर्माले ओलीका साइबर सेनाहरुको धम्की, अबरोध र भ्रमलाई चिर्दै सभामा सहभागि भएको भन्दै धन्यवाद दिनुभयो । अनेमसंघकी जिल्ला अध्यक्ष ज्योति लामिछानेले हाटहुटे शैलीसँग नडराउन र गाउँ गाउँमा ओली प्रवृतिको बिरुद्धमा बैचारिक राजनीतिक बहस सिर्जना गराउन आग्रह गर्नुभयो । अनेरास्ववीयूका जिल्ला सहसंयोजक रेशम कटुवालले म्याग्दीमा प्रतिगमन बिरुद्ध बढेको जनलहरबाट आफूहरु उत्साहित भएको बताउँदै जनतालाई सम्झौताको नाममा धोका नदिन नेताहरुलाई आग्रह गर्नुभयो ।

????????????????????????????????????

????????????????????????????????????????????????????????????????????????