म्याग्दीमा बर्षा संगै मध्य पहाडसम्म नै हिमपात

  • २४ माघ २०७७, शनिबार
  • 2200 पटक पढिएको

म्याग्दी २४ फागुन । म्याग्दीमा तल्लो पहाडी क्षेत्रसम्मै हिउँ पर्ने गरि यस बर्षको पहिलो हिमपात भएको छ । माथिल्लो हिमाली बस्तीहरुमा शुक्रवार देखि नै हिमपात सुरु भएपनि तत्लो क्षेत्रमा भने शनिवार विहानदेखि मात्रै हिमपात भएको हो ।

हिमपातले माथिल्लो भेगमा सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । गयरातीदेखि परेको  बर्षासंगै हिमपात भएपछि चिसो अत्यधिक बढेको छ । म्याग्दीको धवलागिरी गाउँपालिकाको अधिकाँश क्षेत्र हिउँले ढाकिएको छ ।

अन्नपूर्ण, रघुगंगा, मालिका र मंगला गाउँपालिकाको समेत माथिल्लो भेग सेताम्मे भएका छन् । बेनी नगरपालिकाको समेत माथिल्लो भागमा हिमपात भएको छ ।  तस्बीर प्रदिप पुन , हिस्तान