म्याग्दी समाचार

पत्रकार महासंघ म्याग्दीमा ८ पदमा निर्विरोध

म्याग्दी २३ चैत । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको छैटौ जिल्ला अधिवेशनमा विभिन्न पदमा ८ जना निर्विरोध भएका छन् । आइतवार भएको मनोनयन दर्तामा सोमबार दावि विरोध र उम्मेदवारी फिर्ताको अवधिमा जिल्ला समितिमा दुई पद सहित ८ जना निर्विरोध चयन भएका हुन् । महासंघको नेतृत्वको लागि जिल्लामा दुई समूहले आईतवार... पुरा पढ्नुहोस

पत्रकार महासंघ म्याग्दी शाखाको नेतृत्वमा दुई समुहको उम्मेद्वारी दर्ता

म्याग्दी, २२ चैत । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको नेतृत्वमा दुई समुहको उम्मेद्वारी दर्ता भएको छ । पत्रकार महासंघ म्याग्दीको नयाँ नेतृत्व चयनका लागि आसन्न चैत २५ गते हुने चुनावका लागि आईतबार दुई समुहले उम्मेद्वारी दर्ता गराएका हुन् । छैटौँ अधिबेशनबाट नयाँ नेतृत्व चयनका लागि जिल्ला समन्वय समितिको कार्यालयमा रहेको... पुरा पढ्नुहोस

मंगोल नेशनल अर्गनाइजेसन म्याग्दीको अध्यक्षमा डेकबहादुर पुन चयन

बेनी, २१ चैत । मंगोल नेशनल अर्गनाइजेशन म्याग्दीको दोस्रो जिल्ला सभा शनिबार बेनीमा सम्पन्न भएको छ । सभाले डेकबहादुर पुन (डिके)को अध्यक्षतामा २७ सदस्यीय अर्गनाइजेशनको जिल्ला कार्यसमिति गठन गरेको छ । सभाको सचिवमा खमबहादुर रोका (सुनिल), कोषाध्यक्षमा दिपक पुन, सहसचिवमा एलिना शेरपुञ्जा र प्रचारप्रसार सचिवमा देवबहादुर घर्तिमगर चयन हुनुभएको छ... पुरा पढ्नुहोस

कुमारी बैंकद्वारा गलेश्वरमा वृक्षारोपण

म्याग्दी, २१ चैत । कुमारी बैंक लिमिटेड म्याग्दी शाखाले बेनी नगरपालिका– ९ गलेश्वर परिसरमा वृक्षारोपण गरेको छ । बैंकको २० औं वार्षिकोत्सवको अवसरमा बेनी नगरपालिका ९ स्थित गलेश्वर बजार क्षेत्र, मन्दिर र शसस्त्र प्रहरी गणको परिसरमा बृक्षारोपण गरिएको थियो । शनिबार भएको कार्यक्रममा कुमारी बैंकका शाखा प्रवन्धक मिलन श्रेष्ठसहित कर्मचारी,... पुरा पढ्नुहोस

किसानलाई कृषि औजारमा अनुदान

म्याग्दी, २१ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री र औजार उपलब्ध गराएको छ । कृषिमा यान्त्रिकीकरण गरेर उत्पादन र गुणस्तर बढाउन तथा लागत घटाउन सामग्री र औजार खरिदमा अनुदान उपलब्ध गराइएको हो ।  २६१ जना किसानलाई प्लास्टिक टनेल, ७८ जनालाई स्प्रे, ७४ जनालाई सिकेचर, २९... पुरा पढ्नुहोस

म्याग्दी कोरला कपको उपाधी पुरुषतर्फ घतान र महिलातर्फ नारच्याङलाई

म्याग्दी २१ चैत । म्याग्दी कोरला यातायात प्रा.लीको तेस्रो बार्षिकत्सवको अवसरमा आयोजित प्रथम कोरला कप भलिबलको उपाधि पुरुष तर्फ घतान र महिलातर्फ नारच्याङले जितेको छ । शनिबार सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा हजारौ दर्शकविच भएको फाईनलमा बेनी नगरपालिकाकाे  ९ घतानले वडानम्वर ५ पुँलाचौरलाई पराजित गर्दै उपाधि जितेको हो । महिलातर्फ अन्नपुर्ण गाउँपालिकाको... पुरा पढ्नुहोस

नगरस्तरीय पोषण सम्वन्धी अभिमुखीकरण

म्याग्दी, २१ चैत । बेनिमा शनिबार बहुक्षेत्रीय पोषण योजना सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका र बहुक्षेत्रीय पोषण कार्यक्रमको आयोजनामा पोषण, स्वास्थ्य, सरसफाईको अवस्था सुधारका लागि योजना बनाउन सरोकारवालाहरुबीच छलफल भएको हो । नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी र स्वास्थ्यसंग... पुरा पढ्नुहोस

मंगोल नेशनल अर्गनाईजेशनको दोस्रो जिल्ला अधिबेशन सुरु (फोटोफिचर )

म्याग्दी, २१ चैत । मंगोल नेशनल अर्गनाईजेशन म्याग्दीको दोस्रो जिल्ला अधिबेशन बेनीमा सुरु भएको छ । मंगोलको दोस्रो जिल्ला अधिवेशन पुर्व बाजागाँजासहित बेनी बजारमा बृहत ¥याली प्रर्दशन गरिएको छ । अधिबेशनको कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा हुने आयोजकले जनाएको छ । पुरा पढ्नुहोस

बेग र बादुकको भूमे पुजामा साँस्कृतिक चिनारी (तस्बिर र भिडियाे सहित)

https://www.youtube.com/watch?v=ElbtBVeb0Hc     म्याग्दी, २० चैत । म्याग्दीको रघुगंगा गाउँपालिका– १ बेग र बादुकमा भूमे पुजाको अवसरमा आफ्नो मौलिक कलासस्कृति प्रर्दशन गरिएको छ । स्थानीयले परम्परागत भूमे, मण्डली, मनीसिद्ध, मनीभारा लगायतको देउतालाई पुजा गर्दै मौलिक कलासस्कृति देखाएका हुन् । पुर्खा देखिनै मगर समुदायले रागो, बोकाँ र कुखुराको बली दिदै भुमेलाई... पुरा पढ्नुहोस

बेनी– जोमसोम सडकमा एक सातापछि सिधा यातायात सुचारु

बेनी, २० चैत । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा एक सातापछि सिधा यातायात सेवा सुचारु भएको छ । सडकखण्ड अन्र्तगत म्याग्दी र मुस्ताङको सिमा क्षेत्रमा पर्ने काभ्रेभिरमा विस्फोटक पदार्थको प्रयोग गरि सडक चौडा बनाउनका लागि गत चैत १४ गतेदेखि सिधा यातायात बन्द गरिएको थियो । गत पुसदेखि निर्माण कम्पनी... पुरा पढ्नुहोस