रघुगंगाका सबै विद्यालयमा ‘बोल्ने किताब’को प्रयोग
- ८ चैत्र २०७८, मंगलवार
- 1107 पटक पढिएको
बेनी, ८ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा बालबालिकाहरुलाई प्रविधिमैत्रि शिक्षणका लागि ‘बोल्ने किताब’को उपलब्धता गराइएको छ । गाउँपालिकाभित्र रहेका ३३ वटा सामुदायिक विद्यालयका आधारभुत तहको पठनपाठनलाई प्रविधिमैत्रि बनाउनका लागि बोल्ने किताबलाई प्रयोगमा ल्याइएको हो । ‘बालबालिकाको इच्छा, प्रविधिमैत्रि शिक्षा’ भन्ने नाराका साथ गाउँपालिकाभित्रका सबै विद्यालयमा कक्षा ५ सम्मका बालबालिकाहरुलाई पठनपाठनमा प्रयोग गर्ने गरि उक्त बोल्ने किताबलाई प्रयोगमा ल्याइएको गाउँपालिकाका प्रमु्ख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।
प्रति सेट रु ६५ हजार लागतमा ३३ वटा बोल्ने किताबको सामाग्री खरिद गरि सबै विद्यालयलाई उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । गाउँसभाबाट विनियोजन भएको रु २२ लाख ६५ हजार बजेटबाट प्रविधियुक्त बोल्ने किताबको डिजिटल पुस्तक र विद्युतिय कलम लगायतका सामाग्री गरिद गरि शिक्षकहरुलाई अभिमुखीकरण समेत गरेर उपलब्ध गराईएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।
विद्यालयहरुले बालकक्षादेखि ५ कक्षा सम्म उक्त बोल्ने किताबलाई पालैपालो शिक्षणमा उपयोग गर्दै आएका छन् । प्रविधियुक्त बोल्ने किताब शिक्षण विधिले विद्याथीहरुलाई आकर्षण गरेको रघुगंगा गाउँपािलका–३ को ज्ञानोदय माविका शिक्षक उर्मिला रेग्मीले बताउनुभयो । ‘‘ मनोरञ्जन र ज्ञानबद्र्धक कुराहरुलाई समेटिएको किताबमा कलमले देखाउँदा आफै बोलेर पढाउने भएकाले विद्यार्थीहरुलाई थप उत्सुकता र मनोरञ्जन मिल्ने गरेको छ, शिक्षणमा प्रविधिको प्रयोगलाई बढवा दिन यसले थप प्रेरित गरेको छ’’–उहाँले भन्नुभयो ।
((