एमालेमा प्रदेश सांसदको आकांक्षी उम्मेदवारका नाम सार्वजनिक

  • १९ भाद्र २०७९, आईतवार
  • 619 पटक पढिएको

 

म्याग्दी, १९ भदौ । नेकपा एमालेबाट आसन्न चुनावमा प्रदेशसभा सदस्यको उम्मेदवार बन्न २५ जना आकांक्षी देखिएका छन् । शनिबार प्रदेशस्तरी बैठकमा प्रत्यक्ष र समानुपातिक तर्फबाट उम्मेदवार बन्ने इच्छुकहरुले दावि प्रस्तुत गरेका हुन् ।

नेकपा एमालेबाट प्रदेश सभा (क) मा प्रत्यक्षतर्फको उम्मेदवारका लागि एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी, नेताहरु सन्तोष रावल, किरण सापकोटा, लोक भण्डारी, नारायण जिसी, हेमकुमारी पुन शिवकुमार बरुवाल, प्रकाश पौडेलले दावि पेश गर्नुभएको छ ।

समानुपातिकतर्फ विष्णु गुरुङ, गणेशबहादुर बानियाँ, जीवन विक, जफर हुसेन, खड्ग गिरी, यामकुमारी गर्वुजा, र सिवानी ल्वागनले दावि गर्नुभएको एमाले म्याग्दीले जनाएको छ ।

प्रदेशसभा क्षेत्र (ख) को प्रत्यक्षर्फ एमाले गण्डकी प्रदेश अध्यक्ष तथा संविधानसभा सदस्य नवराज शर्मा, प्रदेश कमिटि सदस्य रामचन्द्र गौतम, नेताहरु यामबहादुर गर्बुजा, धनबहादुर गुरुङ, पदमलाल सापकोटा र यसोदा रोकाले उम्मेद्वार बन्न आकांक्षी देखाउनुभएको छ ।

समानुपातिकतर्फ खरमाया विटालु, सिर्जना केसी, सिता गुरुङ दावि गर्नुभएको छ । प्रदेशसभाको क्षेत्रले सिफारिस गरेका, प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकका आकांक्षीहरुको नाम सोमबार बस्ने जिल्ला कमिटी बैठकमा पेश र छलफल हुने एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र केसीले जानकारी दिनुभयो । प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिकका आकांक्षीहरुले सोमबारको जिल्ला बैठकमा उम्मेदवार दावी प्रस्तुत गर्नेछन् ।

नेपाली कांग्रेसले आकाक्षीहरुको नाम सिफारिस गरिसकेको छ । नेकपा (माओवादी केन्द्र)ले आकाक्षीको नाम संकलन गरेको छ । नेकपा (एकीकृत समाजवादी) र राप्रपाले पनि उम्मेदवार सिफारिस गरेका छन् ।