राखुका प्रकाश नेपाल गोल्डेन आइडलको भोटिङ राउन्डमा प्रवेश

  • २० भाद्र २०७९, सोमबार
  • 985 पटक पढिएको

 

म्याग्दी २० भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ दुलेपानीका प्रकाश सुनार पोखरामा जारी नेपाल गोल्डेन आइडल सिजन ८ को भोटिङ राउण्डमा प्रवेश गरेका छन् । बेनीमा एक होटलमा काम गर्दै आएका सुनार सानैदेखि गायनमा रुचि राख्दै आएका थिए । गायनमा प्रतिस्पर्धाको राष्ट्रिय प्रतियोगितामा अगाडी बढेका २० बर्षिय सुनारले अडिसन र लाइभ प्रस्तुतीका विभिन्न राउण्डमा उत्कृष्ट गीतको प्रस्तुती संगै भोटिङ राउण्डमा प्रवेश गरेका हुन् ।

यस राउण्डमा भोटिङ मार्फत टप १५ को छनौट हुनेछ । भोट गर्नका लागि G.S.M Nepal app download गरि #347 मा भोट गर्न सकिन्छ । अडिसन राउण्डबाट २७५ जना पहिलो चरणमा प्रवेश गरेकोमध्ये दोस्रो चरणमा ७६ जना र तेस्रो चरणमा टप ४० भित्र हुँदै चौथो चरणको प्रस्तुतीबाट टप ३० भित्र पर्न सफल भएका भएका सुनारले आफुलाई भोटिङ गरि टप १५ भित्रको स्थानमा पुग्ने यात्रामा सहयोगका लागि आह्वान गरेका छन् । यस राउण्डमा भोडिङ मार्फत ४० र मुल्यांकनकर्ताहरुको ६० प्रतिशत मुल्यांकन मार्फत नम्बर प्रदान गरिने जनाइएको छ । टप १५ का लागि भदौ २८ गतेसम्म मोवाईल मार्फत मतदान गर्न सकिने जनाइएको छ ।

https://www.facebook.com/MyagdiOnlineNews/videos/390628273233051

 

 

To Top