म्याग्दी र बागलुङ जोड्ने लामो झोलुंगे पुल निर्माण

  • १४ मंसिर २०७९, बुधबार
  • 543 पटक पढिएको

 

म्याग्दी, १४ मंसिर । म्याग्दी र बागलुङ जोड्ने तीन सय ८८ मिटर लामो झोलुंगे पुल निर्माण भएको छ। म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौरदेखि बागलुङ नगरपालिका–४ कुडुँले फाँट जोड्ने झोलुंगे पुल निर्माण भएसँगै यात्रा सहज भएको छ। रत्नेचौर– कुडुँले पुल बनेपछि एक घण्टाको यात्रा गर्नुपर्ने बाध्यता दुई गाउँका बासिन्दालाई हटेको छ।

?????????? ???? ?????????–? ???????? ? ?????? ?????????–? ?????? ???? ?????? ??? ???? ???? ???????? ??? ????? ?????????? ? ??? ??????? ????? ??? ??????? ?????? ???? ? ??????? ??????? ? ? ?????? ?????? ????, ????

कुडुँलेदेखि रत्नेचौर जोड्ने पुल निर्माण सम्पन्न भइसकेर हस्तान्तरणको मात्रै काम बाँकी रहेको पुल निर्माणको जिम्मा पाएको थानी हिमशिखर जेभी निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि नरहरि खड्काले जानकारी दिए। ‘बागलुङ र म्याग्दी जिल्ला जोड्ने झोलुंगे पुलको निर्माण सकिएको छ’, खड्काले भने, ‘पुल हस्तान्तरणको प्रक्रियामा पुगेका छौं, पुल निर्माण सम्झौता अनुसारको सबै काम सम्पन्न गरेका छौं।’

संघीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजन काठमाडौंले म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरदेखि बागलुङ नगरपालिका–४ कुडुँले जोड्ने ढोडेनी खोलामाथि पुल निर्माण गत असोजमा शिलान्यास गरिएको थियो। कुडुँलेदेखि रत्नेचौर जोड्ने उक्त झोलुंगे पुल रु तीन करोड ५० लाखमा निर्माण गरिएको छ।

उक्त पुल निर्माणसँगै एक घण्टाको बाटो पाँच मिनेटमा छोट्टिएको बागलुङ नगरपालिका–४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्रीले जानकारी दिए। पुल बनेपछि रत्नेचौरमा उत्पादन हुने तरकारी र दूध बजारीकरण गर्न र पैदलमार्ग हुँदै बेनी–बागलुङ आवतजावत गर्ने सर्वसाधारणका लागि सहज हुने क्षत्रीको भनाइ छ।

म्याग्दी जिल्लाको रत्नेचौर, ज्यामरुककोट आसपासका क्षेत्रका बासिन्दाले सदरमुकाम बेनी बजारमा भन्दा बागलुङ बजारमा आर्थिक कारोबार र व्यापार व्यवसाय लगायतका गतिविधि गर्ने भएकाले पुलले आवतजावतमा सहजता थपेको छ। बागलुङ बजार र रत्नेचौरलाई पर्यटनसँग जोडेर विकास गर्न पुलले सहयोग गर्ने स्थानीयवासीको भनाइ छ।

बेनीको रत्नेचौर र बागलुङको कुडुँले फाँटमा तोरी फुल्ने सिजनमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेकोमा यसवर्ष पुल निर्माणसँगै पर्यटकको संख्यामा समेत वृद्धि हुने अपेक्षा गरिएको स्थानीयबासी टेकबहादुर रावलले जानकारी दिए।

पुल निर्माणसँगै बागलुङको पञ्चकोट, कुँडुलेमा रहेको सालग्राम सङ्ग्रहालय अवलोकन गर्न आउनेको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ। गत असार मसान्तभित्र काम सक्ने गरी गत वर्षको असोजमा पुल शिलान्यास गरिएको थियो।