म्याग्दी समाचार

भुरुङ तातोपानीमा पशु स्वास्थ्य शिवीर

म्याग्दी, ३० चैत ।म्याग्दीको अन्नपूर्ण गाउँपालीका २ भुरुङ तातोपानीमा बुधबार पशु स्वास्थ्य शिवीर सम्पन्न भएको छ ।     जिल्ला पशु सेवा कार्यालयले आयोजना गरेको शिवीरमा भुरुङ तातोपानी, दाना, नारच्याङ, शिख, घार, दोवा, हिस्तानका कृषकहरुले सेवा लिएका छन् । ८५ जना कृषकका आठ सय पशुपंक्षिका लागि औषधि वितरण गरिएको कार्यालयले जनाएको... पुरा पढ्नुहोस

गाउँलेले खने ८ किलोमिटर सडक

म्याग्दी , ३० चैत । प्रसंग, २०६७÷०६८ सालको हो । बेनी–बरंजा हुदै झाक्रेपानी कृषि सडक खुल्ने योजना बन्यो, जिल्ला विकास समितिमा । आफ्नो गाउँलाई सडकले नछुने भएपछि महेश–धापुङबासीले जिविस र गाविसमा निरन्तर दबाब दिए । तर, दुबै निकायबाट उनीहरुको त्यो माग सुनुवाई हुने अवस्था आएन् । तैपनि हिम्मत हारेनन्, धापुङबासीले... पुरा पढ्नुहोस

ओखरबोटमा माओवादी केन्द्रको आमसभा, विभिन्न पार्टीबाट १५० जना पार्टी प्रवेश

म्याग्दी, ३० चैत । म्याग्दीको मालीका गाउँपालीका ४ ओखरबोटको खवाङ सिस्नेरीमा बुधबार नेकपा माओवादी केन्द्रको चुनावी सभा सम्पन्न भएको छ ।नेकपा माओवादी केन्द्रको मालीका गाउँकमिटीका अध्यक्ष कमल केसीको सभापतित्वमा सम्पन्न सभामा पोलीट ब्युरो सदस्य एवं जिल्ला संयोजक गोविन्द पौडेलले माओवादीले जनयुद्धमा उठाएको गणतन्त्र, समावेशी, संघीय, धर्मनिरपेक्षता जस्ता मुद्दा संबिधान मार्फत... पुरा पढ्नुहोस

दृष्टिविहीन दम्पत्तीका छोरीहरुको शिक्षाका लागि कतारबाट सहयोग

म्याग्दी, ३० चैत । म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकमका दृष्टिबिहीन दम्पत्तीका छोरीहरुको शिक्षाका लागि कतारबाट आर्थिक सहयोग प्राप्त भएको हो । मंगला गाउँपालीका ५ अर्मनको छिसवाङ घर भई हाल कतारमा रहनुभएका मोना कतारका सचिव तारा क्षेत्रीले दृष्टिबिहीन जलन र सुस्मीता बिकका छोरीहरुको पढाईका लागि नगद दुई हजार १०० रुपैया सहयोग... पुरा पढ्नुहोस

नेपाल उद्योग बाणिज्य महासंघको उपाध्यक्षमा म्याग्दीका श्रेष्ठ बिजयी

म्याग्दी, २९ चैत । नेपाल उद्योग बाणिज्य महासंघको उपाध्यक्ष पदमा म्याग्दीका व्यवसायि प्रमोद श्रेष्ठ विजयी हुनुभएको छ । महासंघको काठमाण्डौमा मंगलवार सम्पन्न भएको ५१ औँ बार्षिक साधारण सभा तथा अधिबेशनबाट श्रेष्ठ जिल्ला तथा नगर उद्योग बाणिज्य संघको तर्फबाट उपाध्यक्ष पदमा बिजयी हुनुभएको हो । श्रेष्ठले कुल ५३ मत ल्याएर बिजयी... पुरा पढ्नुहोस

म्याग्दीका राजनितिक दलहरु उमेद्वार छनौटको तयारीमा

म्याग्दी, २९ चैत । म्याग्दीका राजनितिक दलहरुले आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि उमेद्वार छनौटको तयारीमा जुटेका छन् । स्थानीय तहको निर्वाचन आउन करिब एक महिना बाँकी रहँदा दलभित्र उम्मेदवारका आकाङ्क्षीहरूको दौडढुप बढेको छ । वैशाख पहिलो साताभित्र उम्मेदवार छानिसक्ने दलहरूले जनाएका छन् । बेनी नगरपालीकाको प्रमुख,... पुरा पढ्नुहोस

मृगौला पीडित पुनलाई बहराइनबाट ४३ हजार सहयोग

म्याग्दी, २९ चैत । दुवै मृगौला खराव भएका म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीका बाबुराम पुनको उपचारका लागि बैदेशिक रोजगारीका क्रममा हाल बहराइनमा रहेका यामवहादुर रानाले ४३ हजार ६ सय १५ रुपैयाँ सहयोग गर्नुभएको छ ।   बहराइनमा रहेका नेपालीहरुसंगबाट चन्दा संकलन गरी रोनाले पठाएको रकम रानाका बुबा लक्ष्मण रानाले पीडित पुनका... पुरा पढ्नुहोस

मुस्ताङको प्रचार गर्न गित विमोचन

म्याग्दी, २९ चैत । मुस्ताङको प्रचारप्रसार गर्ने उद्देश्यले तयार पारिएको गिती एल्बम हाम्रो मुस्ताङको मंगलबार बिमोचन भएको छ ।     थकाली समुदायको उद्गम स्थल मानिने घरपझोङ गाउँपालीका ५ ठिनीमा सुरु भएको १२ वर्षे मेलाको अवसरमा सांसद श्रीमाया थकालीले एल्बमको बिमोचन गर्नुभएको हो । सात वटा गित रहेको एल्बममा समावेश भएका... पुरा पढ्नुहोस

म्याग्दीका भूकम्पपीडितसँग आवास पुनर्निर्माण अनुदान सम्झौता सुरु

बेनी २८ चैत । म्याग्दीका भूकम्पपीडितसँग करिब २ वर्षपछि सोमबारदेखि निजी आवास पुनर्निर्माण अनुदान सम्झौता सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले म्याग्दीका सबै गाउँ तथा नगरपालीकाको वडा कार्यालयबाट भुकम्प पिडितहरुसंग सम्झौता गर्न थालेको हो । २०७४ बैशाख १२ गतेभित्र लाभग्राहीको खातामा पहिलो किस्ताको पचास हजार रुपैया अनुदान जम्मा गर्ने... पुरा पढ्नुहोस

ने.बि संघद्धारा १० हजार बराबरको पुस्तक हस्तातरण

म्याग्दी, चैत २८ ।नेपाल बिद्यार्थि संघ म्याग्दीले मंगला गाउँपालिका अन्तरगत बाबियाँचौरमा रहेको मंगला  शिक्षा क्यापसमा १० हजार बराबरको पुस्तक हस्तातरण गरेको छ । ने बि संघले २०६९ साल माघमा “जहाँ विद्यालय त्यहाँ ने बि संघ जहाँ नेबिसंघ त्यहाँ पुस्ताकालय” भन्ने नारा सहित  स्थापना गरेको पुस्ताकालयमा क्यापसमा अध्ययनरत विद्यार्थिका लागी  अति... पुरा पढ्नुहोस