म्याग्दी काली एफ एमको आठौ वार्षिक उत्सव

  • १ बैशाख २०७४, शुक्रबार
  • 3417 पटक पढिएको

म्याग्दी, १ बैशाख ।  म्याग्दीकाली एफ एम ८८.२ मेगाहर्जले शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरेर आठौ वार्षिक उत्सव मनाएको छ ।
म्याग्दी काली सञ्चार सहकारी संस्था अन्तरगत सञ्चालीत एफएमले बेनी नगरपालीका ४ डाँडाखेतको बालमन्दिर आधारभुत विद्यालयलाई आर्थिक सहयोग गरेको छ । गत फागनु २५ गते विद्युत सर्ट भएर आगलागि हुँदा ध्वस्त भएको विद्यालय भवन पुननिर्माणका लागि एफएफले ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको हो ।

संस्थाका कार्यबाहक अध्यक्ष बिजय श्रेष्ठको अध्यक्षता, स्टेशन संयोजक अमित विश्वकर्माको सञ्चालन र कोषाध्यक्ष तथा रेडियो व्यवस्थापन उपसमिति संयोजक सुवीन श्रेष्ठको स्वागतमा भएको कार्यक्रममा विद्यालयका प्रअ तिर्थ बानिया र व्यवस्थापन समितिका अध्यक्ष प्रेम बानियालाई रकम हस्तान्तरण गरिएको थियो ।

सोही अवसरमा सिंगाको शुभकामना कृषि सहकारी संस्थाको तर्फबाट सचिव गोविन्द पौडेलले ७ हजार १११ रुपैया विद्यालय पुननिर्माणका लागि उपलब्ध गर्नुभएको थियो । वि.स २०६६ बैशाख १ गतेदेखि प्रशारण सुरु गरेको म्याग्दी काली एफ एमले दैनिक १९ घण्टा सूचना, समाचार, सन्देश र मनोरञ्जनमुलक सामाग्री प्रशारण गर्दै आएको छ ।

कम हस्तान्तरण कार्यक्रममा बोल्दै प्रअ बानियाले एफएमले समाजको सुख, दुखमा साथ दिएको भन्दै अझै प्रभावकारीता बढाउन र निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।