आर्थिक सम्बृद्धीका लागि राजनितिक स्थिरतामा जोड

  • २ बैशाख २०७४, शनिबार
  • सन्तोष गौतम
  • 1615 पटक पढिएको

बेनी, १ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित केन्द्रिय उपाध्यक्ष प्रमोद श्रेष्ठ, प्रदेश सदस्य निर्माणकुमार श्रेष्ठ र वाणिज्य मन्त्रालय अन्तगतको निकासी प्रर्वद्धन केन्द्रको सदस्यमा मनोनित दिपेन्द्रकुमार श्रेष्ठलाई शुक्रबार बेनीमा सम्मान गरिएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा श्रेष्ठत्रयलाई सम्मान, बधाईका साथै नव वर्ष २०७४ को अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघको चैत २९ गते काठमाडौमा सम्पन्न ५१ औ साधारणसभा तथा २१ औ अधिवेशनबाट म्याग्दी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष प्रमोद श्रेष्ठ जिल्ला तथा नगर उद्योग वाणिज्य संघको तर्फबाट उपाध्यक्ष र बागलुङका निर्माणकुमार श्रेष्ठ प्रदेश नम्बर ४ बाट केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघको कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठ हालै वाणिज्य मन्त्रालय अन्तरगतको निकासी प्रर्वद्धन केन्द्रको सञ्चालक समिति सदस्यमा मनोनित हुनुभएको थियो । शुभकामना आदानप्रदान तथा बधाई कार्यक्रममा महासंघका उपाध्यक्ष श्रेष्ठले देशमा राजनितिक स्थीरता कायम गरेर आर्थिक सम्बृद्धीतर्फ अगाडी बढाउने सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले जलविद्युत, पर्यटन, कृषि र औद्योगीक विकासका लागि नेपालमा अनुकुल निती नियम र वातावरण बनाउनुपर्ने बताउनुभयो । केन्द्रिय सदस्य श्रेष्ठले धौलागिरी क्षेत्रको सम्भावना पहिचान गरि लगानी भित्र्याउन आफूहरुले पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा सांसद नरदेवी पुन, रेशमबहादुर बानिया, म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुबिर कुमार श्रेष्ठ, विभिन्न राजनितिक दलका प्रतिनिधि, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम शर्मा, बागलुङ उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष युवराज भण्डारी, नेपाल जेसीजका पुर्व अध्यक्ष धनञ्जय श्रेष्ठ, पत्रकार महासंघका शाखा अध्यक्ष तारानाथ शर्मा लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिबनबहादुर विश्वकर्माको अध्यक्षता तथा स्वागत, सचिव लिलाराम गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रमको बरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्यले समापन गर्नुभएको थियो ।

सन्तोष गौतम