मंगलाघाटमा रक्तदान

  • २ बैशाख २०७४, शनिबार
  • 1441 पटक पढिएको

म्याग्दी, १ बैशाख । बेनीको मंगलाघाटमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नयाँ वर्ष २०७४ को अवसर पारेर मंगलाघाटको वौद्ध युवा कल्वले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा म्याग्दीद्धारा सञ्चालित रक्तसञ्चार गृहको प्राबिधिक सहयोगमा आयोजित कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् । कल्वका अध्यक्ष बिजय किसानको अध्यक्षता, सचिन शाक्यको सञ्चालन र बेनी नगरपालीका कार्यालयका कार्यकारी अधिकृत विश्वामित्र कुईकेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

दुर्गा मगरको संयोजकत्वमा सम्पन्न कार्यक्रममा कल्वका सल्लाहकार सुमन श्रेष्ठ, विपीन खड्का, रेडक्रस शाखा सदस्य सुरत केसी, स्थानीय अगुवा सुवासकुमार श्रेष्ठ, मंगला आमा समूहका अध्यक्ष टकसरा राना लगायतको उपस्थिती रहेको थियो ।