एभर ग्रीन युथ क्लबद्धारा गलेश्वर बृद्धाश्रमका ४० जनालाई भोजन

  • २ बैशाख २०७४, शनिबार
  • राकेश शर्मा
  • 2223 पटक पढिएको

बैशाख, १ बेनी । एभर ग्रीन युथ क्लव बेनिले शुक्रबार बेनि नगरपालिका अन्तरगत गलेश्वरमा रहेको बृद्ध आश्रमका ४० जना बृद्धबृद्धालाई नव बर्षको अवसर पारि भोजन गराएको छ । सामाजिक कार्यमा कार्य गर्दै आएको क्लवले क्लवका पधअधिकारीको उपस्थिमा बृद्धाश्रममा रहेका बृद्धाबृद्धीलाई भोजन गराएकोे हो ।

गत बर्ष देखी क्लवले एक रुपैयाँको अभियान सञ्चालन सुरु गरी एक सदस्य बराबर एक रुपैयाँ भन्ने अभियान सन्चालन गरी उक्तm अभियानबाट सङकलन रकमले भोजन गराएको क्लवका उपअध्यक्ष असल केसीले जानकारी थिए। क्लवले अझै पनि यस्ता सामाजिक कार्यमा काम गर्ने समेत जनाएको छ ।

एक रुपैयाँ आज भोलि मान्छले पैसा नै हाईन भन्छ । तर योस्तो समयमा पनि एक रुपैयाँ अभियान सन्चालन गरेका छौ, यो अभियानलाई अझै प्रभावकारी गराउने र समाजमा उदारणीय काम गर्न खोजेका छौ । केसीले बताए ।

राकेश शर्मा