बेनपा १ मा माओवादीको चुनाव प्रचारप्रसार समिति

  • १ बैशाख २०७४, शुक्रबार
  • 1931 पटक पढिएको

म्याग्दी, १ बैशाख । बेनी नगरपालीका १ मा सेते किसानको अध्यक्षतामा १०१ सदस्यीय नेकपा माओवादी केन्द्रको चुनाव प्रचारप्रसार समिति गठन भएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य चन्द्रबहादुर घिमीरे र सल्लाहकार कृष्णबहादुर थापाको उपस्थितीमा भएको भेलाले गठन गरेको समितिको उपाध्यक्षमा शेरबहादुर थापा, सचिवमा तुलप्रसाद श्रेष्ठ र कोषाध्यक्षमा आशा सुनार रहनुभएको छ ।

सदस्यहरुमा गणेश थापा, भिमबहादुर सुनार, चित्रबहादुर थापा, बाबुराम बोगटी, कमला नेपाली, कुमारी थापा रोका, नरबहादुर थापा (निशान) लगायत रहनुभएको छ । यसैगरी नेपका माओवादी केन्द्रका पोलीट ब्युरो सदस्य गोविन्द पौडेल, मालीका गाउँपालीकाका अध्यक्ष कमल केसी र नेता खड्ग छन्त्यालको टोलीले दरवाङ दिच्याममा जभेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।