मुलुक
मालिकामा माओवादीको पालिका कमिटि पुर्नगठन
- wp_days_ago_v3(); ?>
- २० फाल्गुन २०७९, शनिबार
म्याग्दी, २० फागुन । नेकपा (माओवादी केन्द्र) मालिका गाउँ पालिका कमिटिको पुर्नगठन भएको छ । माओवादी केन्द्र म्याग्दीले सञ्चालन गरेको जनतासँग पार्टी अभियान अन्तरगत शनिबार दरवाङमा आयोजना गरेको कार्यकर्ता भेलाबाट पालिका कमिटिको संयोजक र सचिव चयन गरिएको हो । कमिटिका तत्कालिन अध्यक्षले राजिनामा र सचिव वैदेशिक रोजगारमा गएकाले रिक्त... पुरा पढ्नुहोस
पर्वतको ठुलीपोखरीमा भोलिदेखि हुने बृहद स्वास्थ्य शिविरको तयारी पुरा
- wp_days_ago_v3(); ?>
- २० फाल्गुन २०७९, शनिबार
पर्वत २० फागुन – पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा भोली फागुन २१ गतेदेखि आयोजित बृहद विशेषज्ञ स्वास्थ्य शिविरको तयारी पुरा भएको छ । निजामती सेवा दिवसको अवसर पारेर निजामती कर्मचारी अस्पताल काठमाण्डौको आयोजना तथा कुश्मा नगरपालिकाको सहआयोजनामा ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन हुने शिविरको सवैजसो तयारी पुरा भएको... पुरा पढ्नुहोस
म्याग्दीमा विकास बजेट कार्यान्वयनको अवस्था कमजोर
- wp_days_ago_v3(); ?>
- १९ फाल्गुन २०७९, शुक्रबार
बेनी, १९ फागुन । म्याग्दीमा विकास निर्माणका योजनाहरुको कार्यान्वयनमा ढिलासुस्ती हुँदा विकास बजेट खर्च न्यून भएको छ। स्थानीय सरकारका साथै संघ र प्रदेश सरकार मार्फत सञ्चालन हुने विकास निर्माण योजनाहरुको कार्यान्वनयमा ढिलासुस्ती हुँदा बजेट कार्यान्वयन फितलो देखिएको हो । चालु आर्थिक वर्ष २०७९/८० को साढे सात महिनामा संघ सरकार तर्फ... पुरा पढ्नुहोस
सडक मावन ब्यवस्थापन तथा उद्वार सम्वन्धी बेनीमा सरोकारवाहरुसंग अन्तरक्रिया
- wp_days_ago_v3(); ?>
- १८ फाल्गुन २०७९, बिहीबार
म्याग्दी, १८ फागुन । बेनीमा सडक मानव ब्यवस्थापन तथा उद्वार राहतका लागि म्याग्दीका सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको छ । सामाजिका विकास कार्यालय म्याग्दी र मानव सेवा आश्रम बागलुङको सयुक्त आयोजनामा जिसस सभाहलमा सडक मानव ब्यवस्थापन र उद्वार सम्वन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारीले गर्नुभएको थियो ।... पुरा पढ्नुहोस
महङ्गी, भ्रष्टाचार र वित्तीय संस्थाहरुको ज्यादतीका विरुद्ध नेकपा म्याग्दीको विरोध
- wp_days_ago_v3(); ?>
- १५ फाल्गुन २०७९, सोमबार
बेनी, १५ फागुन । नेपाल कम्यूनिष्ट पाटी म्याग्दीले महङ्गी, भ्रष्टाचार र वित्तीय संस्थाहरुको ज्यादतीका विरुद्ध बेनीमा विरोध प्रदर्शन गरेको छ । महङ्गीले आम सर्वसाधारण नागरिकको दैनिकी निकै कष्टकर बन्दै नेकपाकाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् । सोमबार बेनीमा नेकपाले मुल्यबृद्धि, बैंक तथा बित्तीय संस्थाहरुको चर्को ब्याजदर, मिटर ब्याज र... पुरा पढ्नुहोस
सन्दीपलाई विदेश जान अनुमति
- wp_days_ago_v3(); ?>
- १५ फाल्गुन २०७९, सोमबार
काठमाडौँ, १५ फागुन । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सन्दीपलाई विदेश जान अनुमति दिएको हो। अदालतले सन्दीपलाई खेलकुदसम्बन्धी गतिविधिमा सहभागी भएर फर्किएपछि १५ दिनभित्र जिल्ला अदालतमा जानकारी गराउन आदेश दिँदै उनको पासपोर्ट निलम्बन गरिएको भए फुकुवा गर्न... पुरा पढ्नुहोस
बेनी–गलेश्वर सडक बन्द हुने र खुल्ने समय तालिका फागुन ३० गतेसम्म थपियो
- wp_days_ago_v3(); ?>
- १५ फाल्गुन २०७९, सोमबार
म्याग्दी, १५ फागुन । कालीगण्डकी कोरीडोर(बेनी–जोमसोम–कोरला) सडक योजना अन्तरगत बेनी– गलेश्वर सडक स्तरोन्नतीका लागि बन्द हुने र खुल्ने समय तालिका फागुन ३० गतेसम्म समय थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले सोमबार स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समय थप गरिएका जानकारी... पुरा पढ्नुहोस
एमालेद्धारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीहरुले राजीनामा दिँदै
- wp_days_ago_v3(); ?>
- १५ फाल्गुन २०७९, सोमबार
काठमाडौँ १५ फागुन। नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राष्ट्रपति निर्वाचनमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले काँग्रेस सहितको नयाँ गठबन्धनबाट उम्मेदवार बनेका रामचन्द्र पौडेललाई समर्थन जनाएपछि एमालले सरकारबाट बाहिरिने निर्णय गरेको हो । एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् । एमाले सचिवालय बैठकले... पुरा पढ्नुहोस
पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुने
- wp_days_ago_v3(); ?>
- १४ फाल्गुन २०७९, आईतवार
पोखरा, १४ फागुन । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र... पुरा पढ्नुहोस
जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गछौँ : प्रधानमन्त्री प्रचण्ड
- wp_days_ago_v3(); ?>
- १४ फाल्गुन २०७९, आईतवार
काठमाडौँ १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताउनु भएको छ । आइतबार बिहान जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्रीले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदहरूको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, “आज... पुरा पढ्नुहोस