मुलुक
चितवन–२ को उपनिर्वाचन वैशाख १० गते
- 2 बर्ष, 2 महिना अगाडि
- २९ माघ २०७९, आईतवार
काठमाण्डाै २९ माघ । निर्वाचन आयोगको आज बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आगामी २०८० साल वैशाख १० गते आइतबारका दिन चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । चितवन जिल्ला निर्वाचन... पुरा पढ्नुहोस
जनयुद्ध दिवसमा फागुन १ गते सार्वजनिक विदा दिने सरकारको निर्णय
- 2 बर्ष, 2 महिना अगाडि
- २९ माघ २०७९, आईतवार
काठमाण्डाै २९ माघ । सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो। वि।सं। २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसीर ५ गते विस्तृत शान्ति... पुरा पढ्नुहोस
एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको अध्यक्षमा होमनाथ पाण्डे
- 2 बर्ष, 2 महिना अगाडि
- २८ माघ २०७९, शनिबार
बेनी, २८ माघ । एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति, म्याग्दीको सातौँ जिल्ला सम्मेलनबाट पुनः होमनाथ पाण्डेको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समन्वय समिति गठन गरिएको छ । पाण्डे यसअघि पनि जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । संगठनको उपाध्यक्षमा गोविन्द शर्मा, सचिवमा त्रिबिक्रम सुबेदी, कोषाध्यक्षमा खबहादुर किसान रहेको समिति सर्वसम्मत... पुरा पढ्नुहोस
अनेरास्ववियुको केन्द्रिय सचिवमा म्याग्दीका प्रकाश पौडेलको उम्मेद्वारी
- 2 बर्ष, 2 महिना अगाडि
- २७ माघ २०७९, शुक्रबार
म्याग्दी, २७ माघ । म्याग्दीबाट विद्यार्थीको नेताको रुपमा उदाएका प्रकाश पौडेलले एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रिय सचिव पदमा उम्मेदवारी दिने भएका छन् । अनेरास्ववियु गण्डकी प्रदेशका अध्यक्ष समेत रहेका पौडेलले सङ्गठनलाई चलायमान र गतिशील बनाउन फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा... पुरा पढ्नुहोस
दैनिक साढे छ घण्टा बन्द हुने बेनी–गलेश्वर सडक
- 2 बर्ष, 2 महिना अगाडि
- २७ माघ २०७९, शुक्रबार
म्याग्दी, २७ माघ । म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको प्रवेश विन्दुमा पर्ने बेनी–गलेश्वर सडक दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार बसेको बैठकले स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समय तालिका बनाएको हो... पुरा पढ्नुहोस
घरवासलाई व्यवस्थित गर्छौ– मन्त्री जुग्जाली
- 2 बर्ष, 2 महिना अगाडि
- २६ माघ २०७९, बिहीबार
पोखरा, २६ माघ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले ग्रामिण पर्यटन प्रर्वद्धनका लागि घरवासलाई व्यवस्थित गर्न लागिएको बताउनुभएको छ । पोखरा महानगरपालिका २३ चापाकोटमा देउराली सामुदायिक होमस्टे समितिले आयोजना गरेको तेस्रो चापाकोट महोत्सवलाई बिहिबार सम्बोधन गर्दै मन्त्री जुग्जालीले प्रदेश सरकारले यसअघि अनुदान सहयोग गरेका घरवासहरुको... पुरा पढ्नुहोस
कालीगण्डकी करिडोर आधाभन्दा कम सम्पन्न
- 2 बर्ष, 2 महिना अगाडि
- २५ माघ २०७९, बुधबार
काठमाडौँ, २५ माघ । आयोजना सम्पन्न गर्ने लक्षित समय दुई वर्ष बाँकी हुँदा कालीगण्डकी करिडोर आधाभन्दा कम मात्रै सकिएकोे छ । राष्ट्रिय गौरवको सो सडक आयोजना भौगोलिक विकटता, वन क्षेत्रको प्रक्रियागत झन्झट, बजेट अपर्याप्तता, निर्माण व्यवसायीको ढिलाइलगायतका कारण अपेक्षाकृत प्रगति हुन नसकेको हो । आर्थिक वर्ष २०८१÷८२ मा सम्पन्न गर्ने... पुरा पढ्नुहोस
एक सय ५० देशका राष्ट्रगान गाउने रामजीको ‘विश्व यात्रा
- 2 बर्ष, 2 महिना अगाडि
- २४ माघ २०७९, मंगलवार
बागलुङ २४ माघ । चोक चोकका चिया पसलमा होस् वा मेला महोसत्व होस् राष्ट्रगान गुनगुनाउने रामजी नेपालीको लतै बनिसक्यो । उहाँ नेपालको मात्रै होइन विभिन्न एक सय ५० भन्दा बढी देशका राष्ट्रगान गाउनुहुन्छ । उहाँले हालसम्म ११ वटा देश पुगेर ती देशका राष्ट्रगान गाइसक्नुभएको छ । विश्वका सबै देशको राष्ट्रगान... पुरा पढ्नुहोस
राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी नेत्री अर्याल निर्विरोध निर्वाचित
- 2 बर्ष, 2 महिना अगाडि
- २३ माघ २०७९, सोमबार
काठमाण्डाै २३ माघ । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा९माओवादी केन्द्र० का सांसद उर्मिला अर्याल निर्वाचित हुनुभएको छ । सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदका लागि एक जनाको मात्रै उम्मेदवारी परेको जानकारी गराउँदै अर्याल निर्विरोध निर्वाचित भएको सभालाई जानकारी गराउनुभयो । सभाध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई सफल कार्यकालको कामना गर्दै बधाईसमेत दिनुभयो । त्यसअघि नेकपा(एमाले)का... पुरा पढ्नुहोस
टर्कीमा शक्तिशालि भूकम्प, १३ सय बढीको मृत्यु
- 2 बर्ष, 2 महिना अगाडि
- २३ माघ २०७९, सोमबार
काठमाडौँ २३ माघ । टर्कीमा लगातार शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार टर्कीमा ७.५ म्याग्निच्युडको भूकम्प गएको हो । सोमबार बिहान स्थानीय समयअनुसार ४ बजेर १७ मिनेट जाँदा पनि टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्प १७.९ किमिको गहिराइसम्म पुगेको उक्त भूकम्पको... पुरा पढ्नुहोस