मुलुक

रेशम जुग्जालीलाई उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्रालयमा नियुक्त

  म्याग्दी, १० माघ । गण्डकी प्रदेश सरकारका मन्त्रीहरुको कार्यविभाजन टुंगिएको छ । मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहा मगरलाई आर्थिक मामिला मन्त्रालय, एमालेकै सीता सुन्दासलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा दिएका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री, माओवादीकै रेशम जुग्जाली उद्योग,पर्यटन,... पुरा पढ्नुहोस

गण्डकीमा मन्त्रिपरिषद्ले पायो पूर्णता, थपिए तीन मन्त्री

म्याग्दी, १० माघ । गण्डकी प्रदेशमा ७ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । यसअघि मुख्यमन्त्री अधिकारीसहित ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको थियो । मंगलबार ३ मन्त्रीलाई नियुक्त गरेर अधिकारीले ७ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका हुन् । मंगलबार मन्त्री नियुक्त हुनेमा एमालेका... पुरा पढ्नुहोस

‘सानो उमेरमा पत्रकारितामा त्रिभुवन पौडेलको ठूलो योगदान’

पोखरा,९ माघ । गत माघ १ गते पोखरामा विमान दुर्घटनामा निधन हुनुभएका पत्रकार त्रिभुवन पौडेलले सानो उमेरमा नेपाली पत्रकारितामा ठूलो योगदान गर्नुभएको सञ्चार क्षेत्रका व्यक्तिहरुले बताउनुभएको छ । पौडेलको निधन भएको आइतबार आठौँ दिनमा प्रेस सेन्टर नेपाल केन्द्रीय समिति, गण्डकी प्रदेश कास्की शाखा र पोखरा महानगर कमिटीले संयुक्त रुपमा आज... पुरा पढ्नुहोस

म्याग्दीका प्रदेश सभा सदस्य रेशम जुग्जाली गण्डकी प्रदेश सरकारमा मन्त्री बन्ने निश्चित

  बेनी, ९ माघ । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा पार्टीको तर्फबाट सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । पोखरामा सोमबार बसेको संसदीय दलको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित रेशमबहादुर जुग्जाली (सुविन) लाई सरकारमा पठाउने निर्णय गरेको हो । ३९ वर्षीय जुग्जाली नेकपा माओवादी केन्द्र म्याग्दीको जिल्ला संयोजक... पुरा पढ्नुहोस

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ नियुक्त

  म्याग्दी, ९ माघ । म्याग्दीका डा. मिनबहादुर श्रेष्ठ राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा नियुक्त भएका छन् । बेनी नगरपालिका– ४ सिंगाका श्रेष्ठलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोगको उपाध्यक्षमा नियुक्त गर्नुभएको हो । योजना आयोगमा नवनियुक्त श्रेष्ठलाई आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा पद तथा गोपनियताको... पुरा पढ्नुहोस

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ, प्रचण्ड नेतृत्वकाे क्याविनेट यस्ताे बन्याे

माघ ३,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे छ। दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको नियुक्तिपछि शपथग्रहण गराउनुभएकाे हाे । मंगलबार उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित १२ मन्त्री र २ राज्यमन्त्रीले शपथग्रहण गर्नुभएकाे छ । उपप्रधानमन्त्री र मन्त्रीहरूको शपथ राष्ट्रपति भण्डारीले गराउनुभएकाे हाे भने राज्यमन्त्रीहरूको शपथ प्रधानमन्त्री दाहालले... पुरा पढ्नुहोस

विमान दुर्घटना : एकै परिवारका चारको मृत्यु, चौरासी पूजामा रमाउने धोको पूरा भएन

पर्वत २ माघ। पर्वतको विहादी गाउँपालिका वडा नं ५ की ६३ वर्षीया जमुना शर्मा विगत तीन महिनादेखि काठमाडौँमा छोरासँग बस्दै आउनुभएको थियो । यही माघ ४ गते माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा बाबुआमाको चौरासी पूजामा सरिक हुनका लागि छोरा युवराजसहित नाति र नातिनीसँग उहाँ पोखरा फर्कंदै हुनुहुन्थ्यो... पुरा पढ्नुहोस

पोखरामा भएको दुर्घटनाग्रस्त यती विमानको ‘ब्ल्याक बक्स’ भेटियो

पोखरा २ माघ । पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज विहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिए । ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ... पुरा पढ्नुहोस

जहाज दुर्घटना : ६८ जनाको शब फेला, बेपत्ताको खोजी कार्य राति पनि गरिने

पोखरा, १ माघ । पोखरामा आज बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा ६८ जनाको शब फेला परेको छ । दुर्घटनामा परेका चार जना भने अझै वेपत्ता छन् । बेपत्ताको खोजी कार्य राति पनि जारी राखिने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक ( एसपी) अजय केसीले खोजी... पुरा पढ्नुहोस

पोखरामा ६८ जना सवार यति एयरलाइन्सको विमान दुर्घटना

पोखरा, १ माघ । यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ । विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो । त्यस्तै चालक दलका चारजना सदस्यहरु पनि विमानमा सवार थिए । आइतबार बिहान काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो ।... पुरा पढ्नुहोस