‘पालिकाको आयस्रोत बढाउन स्थानीय स्रोत साधनको प्रयोग र उत्खनन् गर्नुपर्छ’

  • २४ फाल्गुन २०७९, बुधबार
  • धिरन खत्री
  • 445 पटक पढिएको

 

म्याग्दी, २४ फागुन । पोखरा महानगरपालिकाका सल्लाहकार समितिका संयोजक एवम् अर्थ विद आनन्दराज मुल्मीले म्याग्दीका पालिकाले स्थानीय स्रोत साधन अधिकत्तम रुपमा प्रयोग गर्न आग्रह गर्नुभएको छ। संघिय सरकारको भरमा संचालन रहेका पालिकाले स्थानीय स्रोतसाधन अधिकत्तम प्रयोग र उत्खनन् गर्न सकेमा आम्दानीका स्रोतहरु बढ्ने बताउनुभयो ।

पर्यटन ब्यवसायी महिला संघ नेपाल (टेवान) को चार दिने कोरला नाका भ्रमण यात्राको क्रममा बुधबार बेनी नगरपालिकाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थविद मुल्मीले म्याग्दीमा अवसरको सम्भावना हुदाँहुदै पनि केही गर्न नसकेको जिल्लाको रुपमा चिनिएको बताउनुभयो । कृषि, पर्यटन, जलविद्युत, पशुपालन, खानी उत्खन्न् र जडिबुटी प्रशोधन लगायतको क्षेत्रमा म्याग्दीमा प्रचुर सम्भावना छ,– मुल्मीले भन्नुभयो । “यसको उत्खन्न, प्रयोग, बजारीकरणको समन्वयको नेतृत्व बेनी नगरपालिकाले गनुपर्छ ।”


पर्यटनको सम्भावना ब्यापक छ । पर्यटन पुर्वाधार, प्रचारप्रसारमा समन्वय नगर्दा धवलागिरी लगायतको हिमालको फाईदा र अवसरहरु गुमाउदै गएको छ । यसको पुर्वाधार, प्रचारप्रसारमा सबै गाउँपालिकासंग समन्वयको नेतृत्व बेनी नगरपालिकाले गर्न अर्थविद मुल्मीले सुझाव दिनुभयो। स्थानीय सरकार, जनप्रतिनिधि, कर्मचारी जिम्मेवार नबन्दा सामाजिक संरचना खलबलिएको छ । यसको असर युवाहरु विदेशतर्फ आकर्षित हुनु, बसाईसराई हुनु र समाजमा बृद्ध बा–आमा मात्र बस्नु लगायतको समस्याहरु उत्पन्न भएको मुल्मीले उल्लेख गर्नुभयो । “सबभन्दा बढी युवाहरु विदेश पठाउने जिल्ला म्याग्दी हो । विदेशको रेमिटान्सले चलेको जिल्लाको रुपमा म्याग्दी परिचित छ ।”–उहाँले भन्नुभयो । “यसअर्थ म्याग्दीले स्थानीय स्रोतसाधन चिन्न नसकेको जिल्लाको रुपमा पनि परिचित भएको उल्लेख गरे ।”

‘तामा उत्खनन् गरेर ‘तामाको पैसा’ छाप्ने जिल्ला इतिहासमा म्याग्दी थियो । तामाको खानी भएर म्याग्दीमा छन्त्याल जाती बसेको इतिहास छ । तामा खानी म्याग्दीमा छ भनेर गर्भ गर्ने मात्र होईन । यसलाई प्रयोग र उत्खनन् गरेर आम्दानी बढाउनतर्फ म्याग्दीका जनप्रतिनिधिहरुको ध्यान केन्द्रित गराउन आग्रह गर्नुभयो । ११ औँ अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रममा अवसरमा भएको कार्यक्रममा मुल्मीले नेपालमा बृद्धि भएको भ्रष्टचारलाई नियन्त्रण गर्नका लागि महिलाहरुले हरेक संघ संस्थाको नेतृत्व गर्नुपर्ने उल्लेख गरे । किनभने, महिलाहरुमा ईमान्दारिता र विश्वास बढी हुन्छ । त्यसलै महिलाहरुले कार्यदक्षता विकास गर्दै क्रियाशिलता बढाएर नेतृत्वमा हस्तक्षेत्र गर्न आग्रह गर्नुभयो ।


पर्यटन ब्यवसायी महिला संघ नेपालकी अध्यक्ष कमला गिरीले पर्यटनको सम्भावना बोकेको गण्डकी प्रदेश अन्तरगत म्याग्दीको पर्यटनलाई अघि बढाउन स्थानीय तहले सक्रियता बढाएमा सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो । पर्यटन ब्यवसायी सञ्जय कान्त सिग्देलले स्थानीय उत्पादनलाई अन्तराष्ट्रिय बजारमा पुर्‍याउन सकिन्छ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताउनुभयो ।

म्याग्दीको आलु, टिमुर, अल्लोका कपडा, फापर लगायतको बजारीकरण गराउनु आजको आवश्यकता रहेको सिग्देलले बताउदै स्थानीय तहले उत्पादनलाई बजारीकरणमा प्रविधिमैत्री बनाउनमा ध्यान आग्रह गर्नुभयो । बेनी नगरपालिकाका मेयर सुरत केसी र उपमेयर ज्योती लामिछानेले पर्यटन क्षेत्रलाई ब्यवसायिक रुपमा अघि बढाउन आगामी दिनमा टेवानसंघ समन्वय गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l