मुलुक

सुन्तलाका बोटहरुले भरिएको मरेक गाउँ (फोटोफिचर)

  म्याग्दी, ३१ साउन । सुन्तलाको पकेट क्षेत्रको रुपमा चिनिएको बेनी नगरपालिका वडानम्वर ३ को मरेक गाउँ । सानो गाउँ मरेक, पछिल्लो समय सुन्तलाले भरिएको छ। यस गाउँलाई उत्पादनको हिसाबले सुन्तला गाउँको रुपमा परिचित छ । वडानम्वर ३ भकिम्लीको राखु, मरेक र बालम गाउँ सुन्तलाको पकेट क्षेत्रमा चिनिएको छन्। परम्परागत... पुरा पढ्नुहोस

घाईते जीप चालकको उपचारमा सघाउन सांसद भण्डारीको माग

म्याग्दी, ३१ साउन । गण्डकी प्रदेशसभा सदस्य हरी भण्डारीले पहिरोबाट खसेको ढुङ्गा लागेर घाईते भएका जीप चालकको उपचारमा सघाउन सरकारसंग माग गर्नुभएको छ । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका २ बैसरीस्थित अधेरीखोलाको पहिरोबाट खसेकोे ढुङ्गाले गुडीरहेको बोलेरो जीप मािथ लाग्दा घाईते हुनुभएका अन्नपूर्ण गाउँपालिका–७ महभिरका ४० बर्षिय लुकजन शेरपुञ्जाको... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक : अँधेरीखोलाकोे पहिरो रोकथाम गरिँदै

  म्याग्दी,३० साउन । कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको सडक अवरुद्ध बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरीस्थित अँधेरीखोलाको पहिरो रोकथामको काम थालिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा खस्ने पहिराको स्रोतसम्म डोजर लगेर रोकथामको काम सुरु भएको हो ।... पुरा पढ्नुहोस

मुस्ताङको कागबेनीमा बाढीको बितण्डा (तस्बिरमा )

अमृत सुवेदी मुस्ताङ२९ साउन । हिमाल पारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—४ कागबेनीमा बाढीले प्रहरी चौकी भवन सहित ३६ बढी घर बगाएको छ । आइतबार साँझ कागबेनी गाउँमाथिको मुक्तिनाथ हुँदै झर्ने कागखोला पहिरोका कारण थुनिएपछि आएको बाढीले बितण्डा मच्चाएको थियो । प्रहरीका अनुसार, अहिलेसम्म ३६ घरमा क्षती पुगेकाे तथ्यांक संकलन... पुरा पढ्नुहोस

बाढीले मुस्ताङको कागबेनीमा दुई दर्जन घरसहित भौतिक संरचनाको क्षति

  जोमसोम, २९ साउन । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीधाममा आईतबार साँझ आएको बाढीले बितण्डा मच्याएको छ । कागबेनी गाउँ माथिको मुक्तिनाथ शीर हुँदै झर्ने शाखा नदी पहिरोका कारण थुनिएपछि आएको बाढीले ठुलो क्षति पूर्‍याएको बताईएको छ । गएराती वारागुङ मुक्तिक्षेत्रको छेङ्गुर,झोङ,पुडाक लगायतका शाखा नदी उर्लिएर नदी थुनिएपछि कागबेनी गाउँ बाढीको... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडकखण्ड पाँच दिनसम्म पूर्णरुपमा बन्द

  म्याग्दी, २७ साउन । उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकखण्ड पाँचदिनसम्म पूर्णरुपमा बन्द गरिने छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कङ्क्रिट गरी सकिएको स्थानमा माथिबाट पहिरो जाने क्रम सुरु भएकाले सडक बन्द गर्न लागिएको हो ।... पुरा पढ्नुहोस

ज्ञानोदय माविद्धारा भारतीय भूपू सैनिक सम्मान

म्याग्दी, २७ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयले समाजमा महत्वपूर्ण योगदान पु¥याएका भारतीय भूपू सैनिकहरुलाई सम्मान गरिएको छ । विद्यालयले शुक्रवार आयोजना गरेको सेवानिवृत्त भारतीय सैनिकहरुसंगको अन्तरक्रिया कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद सुवेदी, प्रअ बिजय शर्मा लगायत विद्यालय व्यवस्थापन... पुरा पढ्नुहोस

ब्यवस्थित बन्दै कालीपुल बसपार्क

  म्याग्दी, २५ साउन । सदरमुकाम बेनी स्थित कालीपुल बसपार्क पछिल्लो समय सरसफाई र भौतिक पूर्वाधारले ब्यवस्थित र चिटिक्क बन्दै गएको छ । अब्यवस्थित संरचना हटाएर आवश्यक संरचना निर्माणसंगै सरसफाई गर्ने कर्मचारी राखेपछि कालीपुल बसपार्क सफा र ब्यवस्थित बन्न थालेको हो । देशका विभिन्न ठाउँबाट सवारीसाधन आवातजावात गर्र्ने कालीपुल बसपार्क... पुरा पढ्नुहोस

मालपोत कार्यालय म्याग्दीको राजस्व संकलन घट्यो

  म्याग्दी, २४ साउन । जिल्ला मालपोत कार्यालय म्याग्दीको घरजग्गाको कारोबारबाट एक वर्षको अवधिमा रु. चार करोड ६८ लाख राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा रु. चार करोड ६८ लाख २१ हजार दुई राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । मालपोत कार्यालय म्याग्दीका निमित्त प्रमुख कलादेवी शर्मा... पुरा पढ्नुहोस

पहिरोले म्याग्दीका मुख्य सडक अवरुद्ध

  म्याग्दी,२४ साउन । म्याग्दीमा मुख्य सडक अवरुद्ध भएका छन् । गए रातिदेखिको अविरल बर्सातका कारण सदरमुकाम बेनीदेखि छिमेकी जिल्ला मुस्ताङ र म्याग्दीका ग्रामीण क्षेत्र जोड्ने सडकमा यातायात प्रभावित भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजेन्द्र पौडेलले रघुगङ्गा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–२ नौनीबगरको पहिरोले बेनी–जोमसोम सडक... पुरा पढ्नुहोस