शिख्तानी ब्रर्दशद्धारा शैक्षिक सामाग्री वितरण
- २५ श्रावण २०७५, शुक्रबार
- 1886 पटक पढिएको
म्याग्दी २५ साउन । अन्नपूर्ण गाउँपालिका ५ शिखको शिख्तानी ब्रर्दशले खेलकुद प्रतियोगिताबाट बचत भएको रकमले सामुदायीक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
समूहको आयोजनामा केहीमहिना अघि पोखरामा भएको खुल्ला बास्केटबल प्रतियोगिताबाट बचत भएको रकमबाट शिख, तल्लो शिख, फलाते, स्वात र किन्दु स्थित सामुदायीक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
समूहका धु्रब तिलीजा पुन, बिसन राना, मनोज पुन र सुरेन गुरुङको टोलीले विद्यालयमै पुगेर कापी, कलम, झोलाका साथै खेलकुदका सामाग्री वितरण गरेको जनाइएको छ ।