ताजा अपडेट

मंगला गाउँपालिकामा सुत्केरी भैँसीलाई पोषणभत्ता !

म्याग्दी, १० साउन । मंगला गाउँपालिकाले सुत्केरी भँैसी गाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ । सुत्केरी अवस्थाका गाईभैँसीको स्याहारसुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरिएको हो । यसवर्ष १९ भैँसीपालक कृषकलाई रु तीन हजारका दरले सुत्केरी भत्ता उपलब्ध गराइएको गाउँपालिकाका पशुसेवा... पुरा पढ्नुहोस

मालिकाद्धारा परिमार्जन सहित साढे ३७ करोड बजेट पारित

म्याग्दी, १० साउन । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि साढे ३७ करोड बजेट पारित गरेको छ । बिहिबार गाउँपालिका केन्द्र दरवाङमा सम्पन्न गाउँसभाले असार १० गते दोश्रो गाउँसभामा प्रस्तुत २९ करोड २७ लाख ६१ हजार रुपैयाँ बजेटमा ३ करोड ९१ लख सञ्जित कोष र सामाजिक सुरक्षाको... पुरा पढ्नुहोस

सरकारको आदेश विपरित जलजलामा कालीगण्डकी नदीको अबैध दोहन ( भिडियाेसहित )

बेनी १० साउन । सार्वजनीक खरिद ऐन, संघीय र प्रदेश सरकारको आग्रह तथा अदालतको आदेश विपरीत म्याग्दीको सदरमुकाम बेनीसंग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा हेभी ईक्युभमेन्ट (एक्साभेटर प्रयोग गरेर कालीगण्डकी नदीको अबैध दोहन भएको छ । सार्वजनीक खरिद ऐनले ठेक्का प्रतिस्पर्धा बिना नदीजन्य बस्तुको उत्खनन र निकासी गर्न रोक लगाएको... पुरा पढ्नुहोस

जापानमा रहेका म्याग्देलीलाई गोलबद्ध गर्न समर विविक्यु कार्यक्रमको आयोजना

म्याग्दी, १० साउन । जापानमा रहेका म्याग्देलीहरुलाई गोलबद्ध गर्न समर विविक्यु कार्यक्रमको आयोजना गरिने भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान र देउराली पञ्चेबाजा समुहको संयुक्त आयोजनामा साँगेतीक कार्यक्रम सहितकाे समर बिबिक्यु कार्यक्रम आयोजना गर्न लागिएको मोना जापानका महासचिब गणेश श्रेष्ठले जानकारी दिनुभयो । जुलाई २९ तारिकका दिन... पुरा पढ्नुहोस

पहिरोले विद्यालय भवन र सडक जोखिममा

म्याग्दी १० साउन । पहिरो र नदी कटानका कारण म्याग्दीको विभिन्न ठाउँमा सार्वजनीक पूर्वाधारमा क्षत्ती पुगेको छ । बेनी नगरपालिका ३ भकिम्लीको मुसुङ डोले आधारभुत विद्यालयको भवन पहिरोका कारण जोखिममा परेको छ । विद्यालय भवनको पछाडीपट्टि रहेको सडक भत्कीएर पहिरो गएपछि भवन जोखिममा परेको स्थानीय डिलबहादुर थापाले बताउनुभयो । पहिरोले... पुरा पढ्नुहोस

फरार दुई अभियुक्त पक्राउ

म्याग्दी, १० साउन ।  जिल्ला प्रहरी कार्यालयले कर्तब्य ज्यान मुद्धामा फरार दुई अभियुक्तलाई प्रक्राउ गरेको छ । सर्वोच्च अदालतको २०७३ मंसिर ३० गतेको फैसला अनुसार कर्तव्य ज्यान मुद्धामा दोषि ठहर भएका मालिका गाउँपालिका–५ का २३ बर्षिय फट् बहादुर बढुा र सोही स्थानका बर्ष २२ का भेष बहादुर रानालाई पक्राउ गरिएको... पुरा पढ्नुहोस

पुर्नमिलनले फर्कियो खुसीः भकिम्लीका विक्रम पुन हराएको १६ बर्षपछि भेटीए !

म्याग्दी, ९ साउन । बच्चा छँदा हराएको छोरा १६ बर्षपछि भेटीएपछि यहाँको एक परिवारमा पुनर्मिलन भएको छ । १६ बर्ष अघि काठमाण्डौबाट ६ बर्षको उमेरमा हराएका बेनी नगरपालिका–३ घर भएका विक्रम पुन बुधवार मात्रै परिवारको सम्पर्कमा आएका हुन् । अपहरण गरि उनलाई भारत पु¥याईएपनि घरपरिवारले खोजतलास गर्दा केही पत्तो नलागेपछि... पुरा पढ्नुहोस

बेगखोला कल्याणकारी समाज उपशाखा युकेको अध्यक्षमा गर्वुजा चयन

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोला घर भई हाल युकेमा रहेकाहरुको संस्था बेगखोला कल्याणकारी समाज उपशाखा युकेको नयाँ नेतृत्व चयन भएको छ । हालै भएको संस्थाको बार्षिक साधारण सभा तथा अधिबेशनबाट यु बहादुर गर्बुजाको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा अर्जुन कुमार तिलिजा, महिला उपाध्यक्षमा मेघ कुमारी तिलिजा,... पुरा पढ्नुहोस

बिरामीको जिबनयापनको लागि आएको सहयोग जनप्रतिनिधीको खल्तीमा !

म्याग्दी, ८ साउन । एकबर्ष अघि सडक बोर्डले म्याग्दीको तोरीपानी–ढोल्ठान सडक मर्मतका लागि ८ लाख रुपैयाँ बजेट विनीयोजन ग¥यो । उपभोक्ता समितिका अध्यक्ष खिम बहादुर कार्की भए । समितिले डोजर प्रयोग गरेर सडक मर्मत गर्दा, धुपीबोटमा एउटा दुर्घटना भयो । आफ्नै जग्गामा भइरहेको सडकको काम अवलोकन गर्ने क्रममा रुख ढल्दा... पुरा पढ्नुहोस

नारच्याङ स्वास्थ्य चौकीको भवन निर्माण

म्याग्दी ९ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा एक संस्थाको सहयोगमा स्वास्थ्य चौकीको सुबिधा सम्पन्न भवन निर्माण भएको छ । अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स कल्वको आर्थिक सहयोगमा नारच्याङको बेशी गाउँमा शौचालय सहित छ कोठे एक तले भवन निर्माण भएको हो । भवनमा नागरीक सहायता, बिरामीको स्वास्थ्य परिक्षण, प्रसुती, औषधी... पुरा पढ्नुहोस