सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको काँग्रेसका नेता जोशीको टिप्पणी

  • २६ आश्विन २०७५, शुक्रबार
  • 1585 पटक पढिएको

बेनी २६ असोज । नेपाली काँग्रेसका नेताहरुले सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको भन्दै आलोचन गरेका छन् । नेपाली काँग्रेज जलजलाले शुक्रबार वारि बेनीमा बिजया दशमी तथा दिपावली पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने काँग्रेसका नेताहरुले सरकारको आलोचना गरेका हुन् ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले दुई तिहाईको सरकार भएपनि आफ्नै निर्णयलाई कार्यान्वयन गराउन नसकेको टिप्पणी गर्नुभयो । महँगी, भ्रष्ट्राचार, अपराध नियन्त्रणमा सरकारको भूमिका कमजोर भएको नेता जोशीको भनाई थियो ।

अर्का नेता तथा प्रतिनिधिसभा सदस्य लालकाजी गुरुङले नेपाली काँग्रेसमा गुट, उपगुटको अन्त्य भएको दावी गर्दै एकतावद्ध भएर पार्टीलाई बलियो बनाउन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा कार्यबाहक सभापति दुर्गाबहादुर खत्री, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, कुश्मा नगरपालिकाका उपमेयर सीता काफ्ले, नेपाली काँग्रेस म्याग्दीका सचिव मिनबहादुर कार्की, पूर्व उपसभापति नेत्र महत, नेता नवराज गुरुङ, कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष शिव अधिकारी, पर्वतका अध्यक्ष यामनाथ शर्मा लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

नेपाली काँग्रेस जलजलाका अध्यक्ष चन्द्रबहादुर जि.सी को अध्यक्षता, चित्रराज रेग्मीको सञ्चालन र इन्दुप्रकाश पौडेलको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।