अपडेटः गुर्जा हिमालमा हिमआँधीले दुर्घटना भयो, शबहरु छरपस्ष्ट : प्रत्येक्षदर्शी

  • २७ आश्विन २०७५, शनिबार
  • 2601 पटक पढिएको

दुर्घटना भएको थाहा पाएपछि उद्धार टोलीसंग विहान गुर्जा आधार शिविरमा पुगेर फर्किए । माथिबाट हामीले ८ वटा सबलाई देख्यौँ । सबहरु छरपष्ट छ । हिमआँधीको कारण दुर्घटना भएको सजीलै अनुमान गर्न सकिन्छ ।

हिमाल आरोहणका लागि पुगेका आरोही पर्यटकहरु बास बसेको टेन्टहरु समेत यत्रतत्र भएको छ । सबहरु देखिएको भन्दा केही माथि हेलीकप्टर ल्याण्ड गर्न सकिने भएपनि त्यहाँबाट पैदल हिँडेर सब संकलन गर्न सम्भव छैन् ।

सेर्पा सहितको उद्धार टोलीले थप उद्धार सामाग्री सहितको टोली झिकाएर हेलीकप्टरबाटै झेरेर डोरीको सहयाताले सब संकलन गर्ने निधोमा पुगेको छ । अब दुई वटा थप हेलीकप्टर आउने कुरा छ ।
घटनास्थलमा पुगेर फर्किएका सोमप्रसाद छन्त्यालसंगको कुराकानीमा आधारित