ताजा अपडेट
बेनीमा २०५ औ भानु जयन्ती मनाइयो
- 6 बर्ष, 6 महिना अगाडि
- २९ असार २०७५, शुक्रबार
बेनी २९ असार । बेनीमा शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरेर आदीकवी भानुभक्त आचार्यको २०५ औ जन्म जयन्ती मनाइएको छ । म्याग्दी साहीत्य सञ्चारको आयोजना र माउन्ट एभरेष्ट आवासीय माविमा गठीत बुलबुल पाठक समूहको सह आयोजनामा रचना बाचन गरेर दिवस मनाइएको हो । माउण्ट एभरेष्ट आवासीय माविमा आयोजना गरिएको कार्यक्रममा विभिन्न... पुरा पढ्नुहोस
सिकाई केन्द्रका परिचालकलाई क्षमता विकास तालिम
- 6 बर्ष, 6 महिना अगाडि
- २९ असार २०७५, शुक्रबार
म्याग्दी, २९ असार । शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीको आयोजनामा सामुदायिक सिकाई केन्द्र परिचालकहरुका लागि क्षमता विकाससम्बन्धी तालिम शुक्रबार सम्पन्न भएको छ । सामुदायिक सिकाई केन्द्रको व्यवस्थापन, सुदृढीकरण र सशक्तिकरण गर्ने उद्देश्यले केन्द्रका परिचालकहरुलाई बेनीमा तालिम प्रदान गरिएको हो । तालिम समापत्र सत्रलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका... पुरा पढ्नुहोस
धौलागिरिमा खानेपानीको नमुना परीक्षण
- 6 बर्ष, 6 महिना अगाडि
- २९ असार २०७५, शुक्रबार
म्याग्दी, २९ असार । पश्चिम म्याग्दीको धौलागिरी गाँउपालिका–३, मुनामा खानेपानीको नमुना परीक्षण सम्पन्न भएको छ । गुड नेबर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र कदम म्याग्दीको आयोजनामा खानेपानीको नमुना परीक्षण गरिएको हो । वडा अध्यक्ष पूर्म पुन, स्थानीय जनप्रतिनिधि र उपभोक्ताहरुको सहभागितामा मुहानदेखि गाग्रीसम्मको प्रयोगमा खानेपानीको स्वच्छता पत्ता लगाउने उद्देश्यले... पुरा पढ्नुहोस
धौलागिरिको ताकममा प्रभु बैँकको शाखा विस्तार
- 6 बर्ष, 6 महिना अगाडि
- २९ असार २०७५, शुक्रबार
म्याग्दी, २९ असार । म्याग्दीको धौलागिरि गाउँपालिकामा प्रभु बैँकको शाखा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकबाट (क) बर्गको बैंकको अनुमती पाएको प्रभु बैँकले विहिवार धौलागिरि गाउँपालिका–७ ताकममा शाखा विस्तार गरेको हो । गाउँपालिकाभित्रका सेवाग्राहीहरुलाई लक्षित गरेर प्रभु बैँकले औपचारिक रुपमा कारोबार सुरु गरेको हो । विहिवार रघुगंगा गाउँपालिकाको केन्द्र... पुरा पढ्नुहोस
उद्यमी र सामुदायीक संस्था पुरस्कृत
- 6 बर्ष, 6 महिना अगाडि
- २८ असार २०७५, बिहीबार
म्याग्दी २८ असार । गरिवी निवारण कोषले परिचालन गरेको घुम्ती कोषबाट ऋण लिएर नमुना उद्यम व्यवसाय गर्ने म्याग्दीका उद्यमी र सामुदायीक संस्थालाई बिहीबार बेनीमा पुरस्कृत गरिएको छ । गरिबी निवारण कोष र जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा दुई वटा सामुदायीक संस्था, एक वटा उत्पादन समूह र दुई जना उद्यमी... पुरा पढ्नुहोस
अन्नपूर्णका पर्यटकीयस्थल र होटल करको दायरामा
- 6 बर्ष, 6 महिना अगाडि
- २८ असार २०७५, बिहीबार
म्याग्दी, २८ असार । अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल, होटल तथा रेष्टुरेन्टलाई कानून र करको दायरामा ल्याएको छ । संविधानले दिएको अधिकारको प्रयोग गरेर हालै भएको गाउँसभाबाट पर्यटकीयस्थल, होटल, लज र व्यवसायलाई दर्ता प्रक्रियासँगै करको दायरामा ल्याउने निर्णय पारित गरेको हो । घोडेपानी, पुनहिल, खोप्रा, भुरुङ तातोपानी, मोहरेडाँडा लगायतका पर्यटकीयस्थलको भ्रमणमा आउने... पुरा पढ्नुहोस
सात करोड लगानीबाट बेगको घर–घरमा खानेपानी धारा
- 6 बर्ष, 6 महिना अगाडि
- २८ असार २०७५, बिहीबार
म्याग्दी, २८ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग गाउँमा घरघरमा खानेपानी धारा निमार्ण भएपछि खानेपानीको सहज भएको छ । खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालयको सवा सात करोडको लागतमा बेगखोला खानेपानी आयोजना मार्फत गाउँका करिब ४ सय बिस घरधुरीलाई लाभान्वित हुने खानेपानी धारा अन्तिम चरणमा पु¥याएको हो । २०७० साल देखी... पुरा पढ्नुहोस
मुस्ताङ दुर्घटनाका मृतक परिवारलाई १ लाख ५२ हजार राहत संङ्कलन
- 6 बर्ष, 6 महिना अगाडि
- २८ असार २०७५, बिहीबार
मुस्ताङ २८ असार । हिमालपारी मुस्ताङको स्याङवोचेमा गत शुक्रवार भएको ट्रिपर दुर्घटनामापरी ज्यान गुमाएका मजदुर परिवारका लागि धौलागिरी आवासिय मावि जोमसोमले राहत संङ्ककलन गरेको छ । विद्यालयमा अध्ययनरत जुनियर रेडक्रस सर्कलका विद्यार्थी तथा शिक्षकले मंगलवार १ लाख ५२ हजार आर्थिक राहत जुटाएका हुन्। धौलागिरी जुनियर सर्कलद्धारा संङ्कलित नगद राहत मंगलवार... पुरा पढ्नुहोस
रघुगंगाको मौवाफाँटमा प्रभु बैँकको शाखा विस्तार ( फोटो फिचर)
- 6 बर्ष, 6 महिना अगाडि
- २८ असार २०७५, बिहीबार
म्याग्दी, २८ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रभु बैँकको शाखा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकबाट (क) बर्गको बैंकको अनुमती पाएको प्रभु बैँकले रघुगंगा गाउँपालिकाभित्रका सेवाग्राहीहरुलाई लक्षित गरेर गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ३ मौवाफाँटमा विहिवारदेखि औपचारिक रुपमा कारोबार सुरु गरेको हो । १५४ औँ शाखाको रुपमा... पुरा पढ्नुहोस
मुनामा प्रशिक्षक प्रशिक्षण तालीम सम्पन्न
- 6 बर्ष, 6 महिना अगाडि
- २८ असार २०७५, बिहीबार
मुना, २८ असार । धौलागिरी गाउँपालिका ३ मुनामा बुधबार ३ दिने महिला स्वास्थ्य पुनतार्जकी सम्बन्धि स्वास्थ्यकर्मिहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । गुड नेवर्स ईन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोग र कदम म्याग्दीको आयोजनामा सञ्चालन भएको तालीममा गुर्जा, लुलाङ, मुना, मुदी र मराङ स्थित स्वास्थ्य संस्थाका प्रमुख र चार जना... पुरा पढ्नुहोस