नेबिसंघ म्याग्दीको संगठन विस्तार अभियान सुरु, जनप्रियमा संगठन विस्तार
- १८ मंसिर २०७५, मंगलवार
- 1393 पटक पढिएको
अनिल पौडेल
म्याग्दी, १८ मंसिर । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति म्याग्दीले आफ्नो संगठन विस्तार अभियान सुरु गरेको छ । अभियान अन्र्तगत मंगलवार मालिका गाउँपालिकाको जनप्रिय माविमा सजिन किसानको अध्यक्षतामा ६२ सदस्यीय ईकाइ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा नारायण आचार्य, शुसिला बिक सचिवमा युराज बिक, सह–सचिवमा सुनिता विक, कोषाअध्यक्षमा सुविना बिक, सह–कोषाअध्यक्षमा प्रशन जङ थापा रहेका छन् ।
त्यस्तै सदस्यहरुमा सन्तोष रसाईली, दिपा पुर्जा, बशु रोका, सबिना राम्जाली, सुस्मा सदा शंखर, दिपेन घिमिरे, रिम्पती पुन, ममता गुरुङ, लक्ष्मण परिवार, युवराज बिक, सनम बुढा, सुशिला बिक, सबिना बिक, टक्चन गोतामे, केम बहादुर घर्ति, शिशिर पटेल, नविन गुरुङ, सरु प्रिवार, सुनिता बिक,दिपेन कुमार बिक, मिलन र मिलन विक रहेका छन् ।
कार्यक्रममा मालिका गाउँपालिकाका प्रमुख श्रीप्रसाद रोकाले विद्यार्थीको क्षमता अभिबृद्धि हुनेखालको कार्यक्रम गर्नुपर्ने बताएका थिए । कार्यक्रम नेबिसंघ म्याग्दीका कार्यबाहक सभापती निर्मल खत्रीको अध्यक्षता, जिल्ला सदस्य झलक जिसीको स्वागत, नेपाली काँग्रेसका जिल्ला आमन्त्रीत सदस्य मेक बहादुर पुन, नेवि संघ जिल्ला सदस्य दामोदर शर्माले मन्तव्य राखेको कार्यक्रमको म्याग्दी बहुमुखी क्यापस इकाइका सचिव हरिकृष्ण आचार्यले सञ्चालन गरेका थिए ।
नेपाल विद्यार्थी संघ केन्द्रिय समितिले १२ औँ महाधिवेशनका लागी ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ ।