रिलायन्स लाईफ ईन्स्योरेन्सको बेनी शाखा शुभारम्भ

  • १७ मंसिर २०७५, सोमबार
  • 1985 पटक पढिएको

म्याग्दी, १७ मंसिर । म्याग्दीको बेनी रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेको बेनीमा रहेको शाखाको शुभारम्भ गरिएको छ । शाखाको उद्घाटन प्रतिनिधि सभाका सांसद भुपेन्द्रबहादुर थापाले गरेका हुन् ।


उद्घाट्न कार्यक्तममा बोल्दै सांसद थापाले जीवन विमाले जनताको जीवनशैली सहज हुने बताउदै ब्यक्ति र परिवारको भविष्य सुखी बनाउन जिल्लाबासी सबैले जीवन विमा गर्नुपर्ने बताए । जिल्लामा रहेका इन्स्योरेन्स जनतामैत्री बन्न आग्रह गरेका थिए ।


त्यस्तै सो कार्यक्रममा रिलायन्स लाईफ ईन्स्योरेन्सका डेपुटी सियो निराजन कडेलले जीवन विमा भविष्यको आधार भएको बताउदै बालबच्चा र परिवारको सहज भविष्यको लागि ईन्स्योरेन्सबाट गर्न आग्रह गरेका थिए । विमाले परिवारको शिक्षा, स्वास्थ्य र रोजगारको भविष्य सहज बनाउने बताउदै जनचेतनाको अभावले नेपालमा विमा गर्ने संख्या न्युन रहेको बताए । आम्दानीलाई बचत तथा विमा नगर्दा धेरै नेपालीहरुको वृद्ध उमेर कष्ठकर रुपमा जिउन बाध्य भएकोमा सबैमा ध्यानाकर्षण गराएका थिए । नेपालमा ११ प्रतिशत जनताले विमा गरेको बताउदै सबै जनताहरुको भविष्य सुरक्षित सहज बनाउन रिलायन्स लाईफ ईन्स्योरेन्सले सहज रुपको विमा सुरु गरेको जानकारी दिए ।


रिलायन्सका सदस्य माधप्रसाद रेग्मीको अध्यक्षता, शाखा प्रमुख मुक्ति पौडेलको संचालनमा भएको कार्यक्तममा संविधान सभाका पुर्व सांसद गोविन्द्र पौडेल, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठको उपस्थित भएको थियो । रिलायन्सको ६८ ओटा शाखा विस्तार भईसकेको छ ।