भोलिदेखि राखुभगवतीमा आखाँ रोगको उपचार शिविर हुने

  • २२ जेष्ठ २०७६, बुधबार
  • 1904 पटक पढिएको

म्याग्दी, २२ जेठ । ग्रामिण भेगका जनतालाई लक्षित गरेर भोलिदेखि रघुगंगा गाउँपालिकाका– २ स्थित राखु भगवतीको स्वास्थ्य चौकीमा तिनदिने आखाँ रोगको उपचार शिविर संचालन हुदै छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रलायको सहयोग रघुगंगा गाउँपालिको समन्वयमा तिनदिने आखा रोग उपचार शिविर राखिएको हो ।
जेठ २३, २४ र २५ गते संचालन हुने शिविरमा आखाँ रोगका विशेषज्ञ डाक्टहरुको उपस्थितमा आखाँ चेकजाचँ तथा अप्रशेन समेत गरिने छ। गाउँपालिकाको समन्वयमा बेग, राखु भगवती, पिप्लेका जनतालाई लक्षित गरेर संचालन गरिएको आखाँ शिविरको उद्घाटन महिला बालबालिका र जेष्ठ नागरिक मन्त्री थममाया थापामा हुने छ ।
निःशुल्क रुपमा उपलब्ध गराईने आखाँ रोगको उपचार शिविरमा राखुबासी सबैलाई उपस्थित भएर सेवा लिन वडा अध्यक्ष रिमबहादुर कटुवालले आग्रह समेत गरेका छन् ।