सडकमा पहिरोले डोजर पुरिदा एक जना बेपत्ता

  • २३ जेष्ठ २०७६, बिहीबार
  • 2915 पटक पढिएको

म्याग्दी २३ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा बिहीबार पहिरोले पुरिएर डोजर (एक्साभेटर) सहित एक जना वेपत्ता भएका छन् । गाउँपालिकाको केन्द्र मुना देखि मुदी गाउँ जोड्ने सडक निर्माणका क्रममा सिम्बाङको भिरमा पहिरो खस्दा वेपत्ता भएका हुन् ।

सडक खनिरहेको अवस्थामा खसेको पहिरोमा पुरिएर मुदीका ३१ वर्षीय सुविन पुन वेपत्ता भएका प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।

घटनास्थलमा साँझसम्म प्रहरी र स्थानीयबासीले पहिरोले पुरिएका पुन र डोजर भेटिएको छैन । उपभोक्ता समितिले भाडामा लिएको स्थानीय बिजय घर्तीमगरको एक्साभेटरका चालक भागेर ज्यान जोगाउन सफल भएपनि सहयोगी पुन पुरिएका हुन् । फाइल तस्बीर