ताजा अपडेट

महिला उद्यम विकास समितिको सभापतिमा श्रेष्ठ चयन

  बेनी, १५ पुस । महिला उद्यम विकास समिति म्याग्दीको सभापतिमा अम्विका श्रेष्ठ निर्वाचित हुनुभएको छ । आईतवार म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको समितिको १० औँ वार्षिक साधारणसभा तथा ७ औँ अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा सभापतिमा चयन हुनुभएको हो । नवनिर्वाचित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा विष्णु गुरुङ, प्रथम... पुरा पढ्नुहोस

विकट र दुर्गम क्षेत्रको विकासमा पहुँच बढाउन संघीय व्यवस्था वरदान हो –मन्त्री जुग्जाली

बाबियाचौर, १५ पुष ः गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुर जुग्जालीले विकट र दुर्गम क्षेत्रको विकासमा पहुँच बढाउन संघीय व्यवस्था वरदान सावित भएको बताउनु भएको छ ।   https://youtu.be/oB9kg9eDfXU म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको कैलाशफाँटमा आइतबार देखि शुरु भएको पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको... पुरा पढ्नुहोस

मन्त्री जुग्जालीद्धारा महरेन्द्ररत्न आधारभूत विद्यालयको भवन उद्घाटन

बरंजा, १५ पुष । म्याग्दीको मंगला गाउँपालिका–४ थर्पुमा रहेको महेन्द्ररत्न आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत रु. २५ लाख अनुदान, विद्यालयको आन्तरिक स्रोत र स्थानीयबासीको श्रमदानमा भवन निर्माण भएको हो । विद्यालयको ६५ औ वार्षिकोत्सवको अवसरमा शनिबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास... पुरा पढ्नुहोस

‘सुन बेचेर सुन्तला लगाएँ, सुनै फलाएँ’

बेनी, १५ पुस : बेनी नगरपालिका–४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतवारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तलाखेती गर्नुभएको थियो । धान उत्पादन राम्रो नहुने र बाँझो जग्गा रहन थालेपछि हुमेनले करिब २५ बर्षअघि आफ्नो तीन तोला सुनको गरगहना बेचेर सुन्तलाको बगैचा स्थापना गर्नुभएको थियो । घरमा काम गर्ने जनशक्ति नभएको र... पुरा पढ्नुहोस

मालिकामा राष्ट्रपति रनिङ शिल्डको उपाधि किसानी माविले जित्यो

  म्याग्दी, १४ पुस । मालिका गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नम्बर ७ स्थित किसानी माविले जितेको छ । साविक विजेता किसानी माविले शनिबार दरबाङमा सम्पन्न प्रतियोगितामा आठ स्वर्ण, सात रजत र ६ कास्य पदक जित्दै उपाधि जित्न सफल भएको हो । आठ स्वर्ण ,चार रजत... पुरा पढ्नुहोस

लोकदीप सहकारीको अध्यक्षमा प्रमिला जोशी श्रेष्ठ निर्वाचित

  म्याग्दी, १४ पुस । सदरमुकाम बेनीमा आर्थिक कारोबार गर्दै आएको लोकदीप बचत तथा ऋण सहकारी संस्थाको दशौं बार्षिक साधारणसभाबाट नयाँ कार्यसमितिको अध्यक्ष प्रमिला जोशी श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिवार बेनीस्थित शिखर होटलमा सम्पन्न संस्थाको १० औँ वार्षिक साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको हो । संचालक... पुरा पढ्नुहोस

म्याग्दी जेसीजको अध्यक्षमा दिनेश बानियाँ निर्वाचित

  म्याग्दी, १४ पुस । म्याग्दीमा यूवा नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजले नयाँ कार्यसमितिको चयन गरेको छ । शनिबार सम्पन्न भएको २५ औं वार्षिक साधारण सभा र शाखा अधिवेशनबाट बर्ष २०२४ का लागि दिनेश बानियाँको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको हो । समितिको कानुनी सल्लाहकार कुमार बानियाँ,... पुरा पढ्नुहोस

म्याग्दी जेसिजको अध्यक्षमा दिनेश बानियाँ निर्वाचित

पुस १४ गते । म्याग्दी जेसीजको शनिबार सम्पन्न भएको २५ औं वार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट दिनेश बानियाँ वर्ष २०२४ का लागि सर्वसम्मत रुपमा शाखा अध्यक्षमा निर्वाचित हुनुभएको छ । अधिवेशनबाट कानूनी सल्लाहकारमा कुमार बानियाँ, वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा दिनेश कुमार विश्वकर्मा मनोनित हुनुभएको छ । कार्यकारिणी उपाध्यक्षमा अमिर श्रेष्ठ, कृष्ण... पुरा पढ्नुहोस

राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर निर्माण गर्न खोला फर्काइयो

  नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर (बालुुवा थिग्राउने पोखरी) निर्माणका लागि आज राहुघाट नदीलाई फर्काइएको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा न ५ झिँ को फेदीमा एक सय १९ दशमलव सात मिटर लामो, ३१ मिटर चौडाइ र १६ मिटर अग्लो डिसेन्टर बनाउनका... पुरा पढ्नुहोस

दिदीबहिनी बचत तथा ऋण सहकारीको १२ औँ बार्षिक साधारणसभा

  बेनी, १४ पुस । सदरमुकाम बेनीबाट आर्थिक कारोबार गर्दै आएको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले १२ औँ साधारणसभा गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा शनिबार भएको बार्षिक साधारणसभाको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले गर्नुभयो । दिदिबहिनीमात्र शेयर सदस्य र संचालक समिति रहेको यस सहकारीमा ९१३... पुरा पढ्नुहोस