सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख सहित पाँच जना पक्राउ
- २० माघ २०८१, आईतवार
- 11 पटक पढिएको
म्याग्दी २० माघ । सहकारी ठगीको आरोपमा म्याग्दीका जिल्ला समन्वय समितिका प्रमुख सहित पाँच जना पक्राउ परेका छन् । बेनी नगरपालिका– ८ मा रहेको कुमारी बहुउदेश्यीय सहकारी संस्थाका बचतकर्ताहरुको बचत रकम हिनामिना गरेको आरोपमा जिसस प्रमुख राजकुमार थापा सहित सहकारीका पाँच जनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले आइतवार पक्राउ गरेको हो ।
थापा सहित सहकारीका तत्कालिन व्यवस्थापक तथा सञ्चालक समितिमा रहेका मन प्रसाद थजाली, थमबहादुर गर्वुजा, रुद्र बहादुर गुरुङ, देवी कुमारी थापालाई पक्राउ गरि आबश्यक अनुसन्धान प्रकृया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक सागर पौडेलले जानकारी दिनुभयो ।
सहकारी रजिष्टार कार्यालय पोखराले गरेको छानविनको क्रममा उक्त सहकारीका बचतकर्ताहरुको रकम दुरुपयोग गरेको भेटिएको र आबश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयलाई प्रतिवेदन पठाएपछि जिल्ला जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको छानबिन प्रतिवेदनमा नेकपा एमालेका नेता समेत रहनुभएका जिसस प्रमुख थापासहितको समूहले सो सहकारीको बचत रकम निजी विद्यालय, घर जग्गा खरिदलगायतमा दुरुपयोग गरेको जनाईएको छ ।