रत्नेचौरमा पितृ महोत्सव : १३ लाख ४० हजार संकलन

  • २ आश्विन २०७६, बिहीबार
  • 1911 पटक पढिएको

 

बेनी, २ असोज । बेनी नगरपालिका १ रत्नेचौरमा परम वैदिक सनातन धार्मिक आश्रमको आयोजनामा भएको पितृ महोत्सवमा सातौ दिनसम्म १३ लाख ४० हजार ११५ रुपैया संकलन भएको पितृ महोत्सव मुल आयोजक समितिका महासचिव चिरञ्जीवी बोगटीले जानकारी दिए ।

विश्वशान्ति पितृमुक्ति षोडश श्राद्धात्मक श्रीमदभागवत महापुराण ज्ञान महायज्ञ तथा पितृ महोत्सवमा सोह् श्राद्ध तिथी अवधिभर चल्नेछ । श्रीलक्ष्मीहरि मन्दिरको धार्मिक पर्यटन विकासका लागि आयोजित महोत्सव हो ।


श्रीलक्ष्मीहरि मन्दिरका संरक्षक जीयर स्वामी, ब्यासाचार्य श्रीनारायणाचार्य, डाक्टर चक्रपाणी आचार्य (रेग्मी)को प्रवचन हुने महोत्सवमा यतिराजस्वामी हिमालय वावा र ऋषि प्रपन्नाचार्य स्वामीजीको समेत उपस्थिति हुने छन् ।