राखु भगवतीको धान खेतमा हेलिकोप्टरको आपतकालीन अवतरण

  • १ आश्विन २०७६, बुधबार
  • 7353 पटक पढिएको

म्याग्दी, १ असोज । मुस्ताङबाट तिर्थयात्री बोकेर पोखरा हिडेको हेलिकोप्टर म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीको धानखेतमा आकस्मिक अवतरण गरिएको छ । मौसम खराब भएका कारण एयर डाइनेस्टिक हेलिकोप्टर अवतरण धान खेतमा अवतरण गरेको हो ।


राखु भगवतीका स्थानीय बासी रवि खत्रीका अनुसार मौसम खरावका कारण पाइलट अर्जुन मल्लसहित ६ जना यात्रु सवार हेलिकप्टर खेतमा आकस्मिक अवतरण गरेको जानकारी दिए । पाइलट अर्जुन मल्लसहित मुक्तिनाथ तिर्थयात्रामा गएका ५ जना भारतिय नागरिक सवार थिए ।
तस्विरः रवि खत्री