ताजा अपडेट

ब्यवसायीलाई सचेत बनाउन नियमित बजार अनुगमन प्रभावकारी

  म्याग्दी, २ जेठ । ब्यवसायीलाई सचते बनाउन म्याग्दीको सदरमुकाम बेनीबजारमा रहेको पसलमा अनुगमन गरिएको छ। स्थानीय प्रशासन र घरेलु तथा साना उद्योग कार्यालयले बजार अनुगमनलाई आक्रामक बनाएपछि ब्यवसायीले सुधार गर्न थालेका छन् । पसलको बोर्ड, मूल्य सूची राख्ने र अद्यावधिक गर्ने तथा दर्ता प्रक्रिया सुरु गर्नुका साथै म्याद नाघेका... पुरा पढ्नुहोस

थप ९ जनामा कोरोना पुष्टिसंगै नेपालमा संक्रमितको संख्या २५८

  काठमाडौं, २ जेठ । थप ९ जनामा कोरोना भाइरसको संक्रमणसंगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा थप ९ जनामा संक्रमण भेटिएको हो । स्वास्थ्य तथा... पुरा पढ्नुहोस

गिट्टी कुटेर गुजारा चलाउदै विपन्न समुदाय

  म्याग्दी, २ जेठ । कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण नियमित रोजगारी गुमेपछि म्याग्दीका विपन्न समुदायले विकल्प खोज्न थालेका छन् । नदी किनारका बगर र बस्ति नजिकका ढाँडमा ढुङ्गा संकलन तथा गिट्टी फुटाएर जिवन गुजारा चलाउन थालेका हुन् । स्थानीय स्तरमा उपलब्ध प्राकृतिक स्रोतलाई जिविकोपार्जनको माध्यम बनाउन थालेका... पुरा पढ्नुहोस

बेनीमा १५ शैयाको आइसोलेशन कक्ष स्थापना

  म्याग्दी, १ जेठ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना (भाइरस)को लक्षण देखिएका बिरामीको उपचारका लागि बेनीमा छुट्टै आइसोलेशन कक्ष स्थापना गरिएको छ । जिल्लामा हालसम्म कोरोनाका बिरामी नभेटिएपनि सम्भावित जोखिम आकलन गरेर पुर्वतयारीका लागि १५ शैयाको आइसोलेशन स्थापना गरिएको हो । कोभिड–१९ जिल्ला कमाण्ड पोष्टले बेनी अस्पताल, सुरक्षा निकाय... पुरा पढ्नुहोस

अनेरास्ववियू म्याग्दीद्धारा फलफूल वितरण

बेनी, १ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू म्याग्दीले बिहीबार स्थापना दिवसको अवसरमा बेनी अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेको छ । ५५ औ स्थापना दिवसको अवसर पारेर बेनी अस्पतालमा उपचार गराइरहेका ९ जना बिरामीहरुलाई स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरेको हो । अनेरास्ववियू म्याग्दीका संयोजक... पुरा पढ्नुहोस

लकडाउनको ५२ औं दिनः देशभर कडाइ

म्याग्दी, १ जेठ । सरकारले लकडाउनलाई आजदेखि पुनः कडाइका साथ लागू गरेको छ । लकडाउनले अर्थतन्त्रमा असर पारेको भन्दै सरकारले आइतबारदेखि सवारी साधन सञ्चालनका लागि केही सहज बनाएको थियो । उपत्यकामा टाइम कार्ड लागू गरी कर्मचारीहरुको सवारी साधन सञ्चालन गर्न दिएको थियो । लकडाउन खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि... पुरा पढ्नुहोस

नेपालमा कोरना संक्रमितको संख्या २४६ पुग्यो

  काठमाडौं । नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विहिबार पूर्वी नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टिसंगै सो संख्या पुगेको हो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । आजै काठमाडौं र... पुरा पढ्नुहोस

जनप्रतिनिधि र कर्मचारीले कोरोना कोषमा चार लाख २४ हजार जम्मा

म्याग्दी, २६ वैशाख । बेनी नगरपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि स्थापना गरेको कोषमा जनप्रतिनिधि र कर्मचारीहरुले चार लाख २४ हजार रुपैयाँ जम्मा गरेका छन् । कोषमा नगर प्रमुख हरिकुमार श्रेष्ठले ५१ हजार सहित उपमेयर सञ्जु बरुवाल लगायत वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुबाट दुई... पुरा पढ्नुहोस

म्याग्दीमा भूपु भारतीय सैनिकलाई पेन्सन वितरण

बेनी, २५ वैशाख । म्याग्दीका भारतीय सैनीकको सेवाबाट निवृत भएकाहरुलाई पेन्सन वितरण गरिएको छ । भारतीय राजदुतावास अन्तरगत बेनी स्थित जिल्ला सैनिक बोर्डले कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका बीच आफ्ना भूपुहरुलाई पेन्सन वितरण गरेको हो । म्याग्दीका भुपु सैनिकहरुलाई एभरेष्ट बैंकको बेनी स्थित सेवा केन्द्र गोर्खा सैनिक सहकारी संस्था... पुरा पढ्नुहोस

म्याग्दीमा थप २ जनामा डेङ्गु भेटियो

  बेनी, २५ वैशाख । कोरोनाको त्रासले जनजिवन प्रभावित भइरहेका बेला हिमाली जिल्ला म्याग्दीमा बुधबार एकै दिन २ जना डेङ्गु रोगका बिरामी फेला परेका छन् । पछिल्लो ७ दिन यता जिल्लामा पाँच जना डेङ्गुका बिरामी भेटिएका छन् । बेनी नगरपालिका–७ मंगलाघाट र मंगला गाउपालिका–१ भरजुलाका एक÷एक जनामा डेङ्गु पोजेटिभ भेटिएको बेनी... पुरा पढ्नुहोस