अविश्वासको प्रस्ताव पेश भएको अवस्थामा गण्डकी प्रदेशमा नियुक्ति हुन सुरु

  • १३ बैशाख २०७८, सोमबार
  • 1290 पटक पढिएको

गण्डकी प्रदेश सरकारलाई प्रतिपक्ष दलहरूले अविश्वासको प्रस्ताव पेश गरेका बेला प्रदेश सरकारले हतार–हतारमा नियुक्ति गर्न सुरु गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङविरुद्ध कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीले संयुक्त रूपमा अविश्वासको प्रस्ताव पेश गरेको चार दिनमै प्रदेश सरकारले हतार हतारमा गण्डकी प्रदेश खेलकुद परिषद् र जिल्ला खेलकुद विकास समितिमा अध्यक्षसहितका पदाधिकारी नियुक्ति गरेको हो ।

प्रदेश सरकारले परिषदको पूर्णता दिएसँगै जिल्ला खेलकुद विकास समितिमा समेत अध्यक्ष सहितका पदाधिकारी नियुत्ति गरेको हो । गण्डकी खेलकुद परिषदको उपाध्यक्षमा नारायण पुन मनोनित भएका छन भने अन्य सदस्यहरूमा गिरमान गुरुङ, बासु बराल, दिलबहादुर गुरुङ, रामचन्द्र थापा, योगेन्द्र गुरुङ, तारामाया थापा मगर, शुभकन्या गुरुङ, चन्द्रा घले गुरुङ, ज्ञानबहादुर बोहरा, योगिता सहनी, योगेन्द्र शेरचन, खगेन्द्र क्षेत्री, बसन्त दवाडी, ऋषी गौतम, निर्मला बराल र केशव पाठक मनोनीत भएका हुन्

त्यसैगरी कास्की जिल्ला खेलकुद विकास समितीको अध्यक्षमा तोरण् बहादुर बानियाँ मनोनीत भएका छन् । समितिको उपाध्यक्षमा महेन्द्र गुरुङ, सचिवमा भीम पराजुली, कोषाध्यक्षमा कन्चन थापा (कोइराला)लाई मनोनीत भएका छन् ।

तनहुँ जिल्लाको अध्यक्षमा अनिल पाण्डे र सचिवमा तुल्सीराम पाण्डे, लमजुङ जिल्लाको अध्यक्षमा योगबहादुर गुरुङ र सचिवमा रोजी गुरुङ, नवलपुर जिल्लाको अध्यक्षमा सेत बहादुर पुन र सचिवमा ध्रुव खनाल, मनाङ जिल्लाको अध्यक्षमा चिनबहादुर घले र सचिवमा नवराज गुरुङ छन् । त्यस्तै स्याङजा जिल्लाको अध्यक्षमा गिरीप्रसाद गुरुङ र सचिवमा शितल जङ्ग केसी मनोनयन भएका छन् ।

त्यसै गरी गोरखा जिल्लाको अध्यक्षमा शान्तासिंह बस्नेत र सचिवमा हिरालाल श्रेष्ठ, मुस्ताङ जिल्लाको अध्यक्षमा मिन कुमार शेरचन र सचिवमा विनोद बीसी, म्याग्दी जिल्लाको अध्यक्षमा दिनेश खत्री र सचिवमा तारामान रोक्का, पर्वत जिल्लाको अध्यक्षमा हर्कमान गुरुङ र सचिवमा अदित गुरुङ र बागलुङ जिल्लाको अध्यक्षमा कुमार खड्का र उपाध्यक्षमा लोकेन्द्र केसी मनोनित भएका छन । मनोनीत परिषद सदस्य तथा जिल्ला अध्यक्ष तथा पदाधिकारीहरूको ४ वर्षको कार्यकाल छ ।