म्याग्दीमा भारी हिमपात (फोटो फिचर)

  • १४ पुष २०७८, बुधबार
  • 597 पटक पढिएको

म्याग्दी १४ पुस । म्याग्दीमा तल्लो पहाडी क्षेत्रसम्मै हिउँ पर्ने गरि हिमपात भएको छ । यस बर्षको यो पहिलो हिमपात हो । हिमपातले माथिल्लो भेगमा सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् ।

गयरातीदेखि परेको बर्षासंगै हिमपात भएपछि चिसो अत्यधिक बढेको छ । म्याग्दीको धवलागिरी । मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको हिमाली क्षेत्र अधिकाँश हिउँले ढाकिएको छ । मंगला गाउँपालिका र बेनी नगरपालिकाको समेत उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ ।

बर्षा र हिमपातले ग्रामीण यातयात प्रभावित भएको छ । हिमपातको कारण माथिल्लो भेगका विद्यालयको पठनपाठन समेत प्रभावित बनेको छ । लामो समयपछि बर्षा र हिमपात भएपछि कृषकहरु भने खुसी भएका छन् । हिउँदेबालीको सिचाई नभएको स्थानमा बर्षा र हिमपात भएपछि कृषकहरुलाई राहत भएको छ ।