भिम बहादुर छन्त्यालद्वारा रितुङ्ग माविलाई रु १ लाख सहयोग

  • १३ पुष २०७८, मंगलवार
  • 645 पटक पढिएको

म्याग्दी १३ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ८ खरिवोट निवासी भिम बहादुर छन्त्यालले स्थानीय रितुङ्ग माविलाई १ लाख रुपैयाँ सहयोग हस्तान्तरण गर्नु भएको छ ।

हाल अमेरिकामा रहनुभएका छन्त्याल गाउँ आउनु भएको अवसरमा उहाँका कान्छा हजुरवावा दल बहादुर छन्त्यालको स्मृतिमा बिद्यालयलाई सो रकम सहयोग गर्नु भएको बिद्यालयका प्रधानाध्यापक खिम बहादुर छन्त्यालले जानकारी दिनुभयो ।

गाउँ फर्किएको अवसरमा छन्त्याललाई रिखार आमा समुहले बिशेष सम्मान गरेको थियो । सहयोगदाता छन्त्याललाई बिद्यालय परिवार र आमा समुहले धन्यवाद प्रकट गरेका छन । छन्त्यालले रितुङ्ग माविको शैक्षिक प्रगतिका लागि आफ्नो तर्फबाट निरन्तर साथ र सहयोग रहिरहने प्रतिवद्धता जनाउनुभएको छ ।