टोड्केबाट देखिने सूर्योदयको मनोरम दृष्य (फोटो कथा)

  • १२ पुष २०७८, सोमबार
  • 1128 पटक पढिएको

म्याग्दी १२ पुस । म्याग्दी जिल्लाको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सीमा क्षेत्रमा पर्ने पर्यटकीयस्थल टोड्के हिमशृङ्खला र सूर्योदयको अवलोकनका लागि प्रख्यात मानिन्छ । धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनबढी हिमचुचुराहरुलाई एकै ठाउँबाट नजर लगाउन सकिने टोड्केमा विहानीको सूर्योदय मात्रै होइन साँझको सुर्यास्तको दृष्य समेत निकै लोभलाग्दो देखिन्छ ।

टोड्के पछिल्लो समय आन्तरिक पर्यटकहरुको रोजाईमा पर्न थालेको छ । नीजि क्षेत्रबाट टोड्के हिल रिसोर्ट सञ्चालनमा आएपछि पर्यटकहरुलाई खान र बस्नको सुविधा पुगेसंगै पर्यटकहरुको आगमन बढ्न थालेको छ भने सरकारी तवरबाट पर्यटन पूर्वाधार निर्माणका कामहरु समेत अघि बढेका छन् । तस्बिर : कमल खत्री