प्रदेशस्तरीय हाजिरीजवाफमा जनप्रिय बहुमुखी क्याम्पस पोखरा प्रथम

  • १२ पुष २०७८, सोमबार
  • 1249 पटक पढिएको

बेनी, १२ पुस । म्याग्दी बहुमुखी क्याम्पसले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय अन्तर क्याम्पस हाजिरीजवाफ प्रतियोगितामा जनप्रिय बहुमुखी क्याम्पस पोखरा प्रथम भएको छ । सोमबार क्याम्पसमा भएको प्रतियोगितामा प्रदेशस्तबाट ५ वटा क्याम्पसको सहभागिता रहेको थियो ।

हाजिरीजवाफ प्रतियागितामा जनप्रिय बहुमुखी क्याम्पस पोखरा प्रथम, धौलागिरी बहुमुखी क्यापम्स बागलुङ द्वितीय र म्याग्दी बहुमुखी क्याम्पस तृतिय भएको म्याग्दी बहुमुखी क्याम्पसका सहायक प्रध्यापक विष्णुप्रसाद पौडेलले बताउनुभयो । हाजिरीजवाफ प्रतियोगितामा प्रथम, द्वितीय र तृतिय हुने क्याम्पसलाई क्रमश नगद रु २० हजार, १५ हजार र १० हजार रुपैयासहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

हाजिरीजवाफ प्रतियोगितामा प्रथम, द्वितीय र तृतिय हुने क्याम्पसलाई क्याम्पसका अध्यक्ष बालकृष्ण सुवेदी, क्याम्पस प्रमुख गोरख जिसी र कार्यक्रम संयोजक नारायण पौडेलले पुरस्कार वितरण गर्नुभएको थियो । क्याम्पसको ३१ औँ बाषिकोत्सव २० औ क्याम्पस सभाको पुनित अवसरमा क्याम्प्सले हाजिरीजबाफ प्रतियोगिता राखेको थियो ।

प्रतियोगितामा पोखराबाट जनप्रिय बहुमुखी क्याम्पस, पृथ्वीनारायण क्याम्पस, बागलुङको धौलागिरी बहमुखी क्याम्पस, न्यु वेष्ट प्वाईन्ट र आयोजक म्याग्दी बहुमुखी क्याम्पसको सहभागिता रहेको थियो ।